×

क्रिकेट रंगशाला निर्माणमा अनियमितता गरेको आरोपमा धुर्मुस सुन्तली विरुद्ध अख्तियारमा मुद्धा

images

काठमाडौं । हास्यकलाकार धुर्मस सुन्तली विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ ।

भरतपुरमा गौत्तमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको क्रममा आर्थिक अनियमितता गरेको आरोपमा सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे(सुन्तली)को नाममा उजुरी दर्ता गराएका हुन् ।

 भरतपुरका क्रिकेट प्रशिक्षक अनिल अधिकारीले उनीहरुमाथि रंगशाला निर्माणका नाममा चन्दा उठाएर रकम दुरुपयोग गरेको आरोप लगाएका हुन् ।

केवल १४ प्रतिशत भौतिक संरचना मात्रै बनेको भन्दै उजुरीकर्ता अधिकारीले १७ करोड रुपैयाँ थप ऋण छ भनेर दावी गर्नु हास्यास्पद भएको उनको दाबी छ ।

नेपाल र विदेशमा रहेका नेपालीहरु अनि भरतपुर महानगरपालिकाबाट ५७ करोड रुपैयाँ चन्दा उठाएको तर काम भने नगरेको आरोप रहेको छ ।  अहिले उनीहरुले परियोजनालाई अलपत्र पारेर हिँडेको भन्दै छानविन समेत गर्न माग छ ।

दुई अर्ब रुपैयाँको लागत अनुमान गरिएको परियोजनामा रकम उठेजति काम समेत नभएको भन्दै दुवैजनालाई छानविनको दायरामा ल्याउन माग गरिएको छ । 


 

आइतबार​ २ माघ २०७८ ०९:५८ PM मा प्रकाशित

प्रतिक्रिया