×

एनआरएनएलाई लक्षित बीओके बैंकको निक्षेप खाता ,५.५ प्रतिशत ब्याजदर पाउने

images

काठमाडौं । बैंक अफ काठमाण्डूले विश्वभरि रहेका गैरआवासीय नेपाली(एनआरएनए)हरुको लागि बैंकिङ्ग सेवा तथा सुबिधाहरु प्रदान गर्ने उद्देश्यले उच्चतम् लाभलाई मध्य नजर गर्दै बिओके एनआरएन निक्षेप खाता सार्वजनिक गरेको छ ।

विदेशमा बसि आफ्नो परिश्रम गरि आयआर्जन गरिरहनुभएका ग्राहक महानुभावहरुलाई आफ्नो मातृभूमीमा रहेको यस बैंकमा खाता खोली उच्चतम् प्रतिफल लिनुहुन बैंकले अनुरोध गरेको छ । 

गैरआवासीय नेपालीहरुले यस बैंकमा युएसडी,इयुआर,जीबीपी,एयुडी,सीएडी तथा जेपीवाई मुद्राहरुमा बैंक खाता खोल्न सक्नेछन् । बैंकमा एनआरएन निक्षेप खाता खोल्दा गैरआवासीय नेपाली महानुभावहरुले अधिकतम् ५.५ प्रतिशत सम्मको वार्षिक ब्याजदर पाउनेछन् ।

गैरआवसीय नेपालीहरुले यस निक्षेप खाता खोलेकालाई बैंकले विशेष बैंकिङ्ग सेवा तथा विदेशी विनिमय कारोबारमा आकर्षक विनिमय दरको लाभ लिनसक्ने जनाएको छ ।

बैंकले सार्वजनिक गरेको उक्त निक्षेप खाताले विदेशमा रहनुभएका गैरआवासीय नेपाली महानुभावहरुले आम्मादानी गरेको रकमको उच्चतम् प्रतिफलका साथै मातृभूमीमा सहज बैंकिङ्गको अनुभव लिन पाउनुहुने विश्वास बैंकले लिएको छ । 

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९४ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ । 

 

आइतबार​ २ माघ २०७८ ०६:३४ PM मा प्रकाशित

प्रतिक्रिया