×

बोर्डका सीईओ रेग्मी  अवैध सुन कारोबारमा मुछिए

images

काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ)  डा.धनञ्जय रेग्मी सुन कारोबारमा मुछिएका छन् ।

२०७४ सालमा कतार एयरको जहाजबाट नेपाल फर्कने क्रममा विष्कुट आकारको तीन थान सुन (३०) ग्राम ल्याएको भन्सार कार्यालयले उल्लेख गरेसँगै उनी अवैध सुन कारोबारमा मुछिएका हुन् । 

भन्सार ऐनअनुसार सुन चोरी पैठारी गरी ल्याएकोमा जफत गरिएको उल्लेख गरिएको छ । साथै १ लाख ४० हजार ६ सय ८५ रुपैयाँ पनि विगो तिराइएको उल्लेख गरिएको छ । 

मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा गत २९ पुसमा विगतमा अवैध सुनको कारोबार भएको भन्ने सूचना आएकोले खुलाउन भन्दै पत्र पठाएको उल्लेख छ ।

भन्सार ऐन अनुसार भन्सार ऐनअनुसार सुन चोरी पैठारी गरी ल्याएकोमा जफत गरिएको उल्लेख गरिएको छ । साथै १ लाख ४० हजार ६ सय ८५ रुपैयाँ पनि विगो तिराइएको उल्लेख गरिएको छ । 

आइतबार​ २ माघ २०७८ ०९:२७ PM मा प्रकाशित

प्रतिक्रिया