मङ्गलबार, असोज १२ २०७८ ०३:४१ PM

×

सिटी एक्सप्रेस मनी ट्रान्सफर र युरोपको ‘टेर्रा पे’बीच रेमिट्यान्स सम्झौता

images

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले युरोपको ख्यातिप्राप्त भुक्तानी सेवा प्रदायक ‘टेर्रा पे’सँग रेमिट्यान्स कारोबार सुरु गरेको छ ।

यससँगै अब युरोपमा बस्दै आएका नेपालीहरुले ‘टेर्रा पे’को सेवा प्रयोग गरी युरोपलगायत अन्य ७९ वटा मुलुकबाट सिटी एकसप्रेसमार्फत सजिलै नेपालमा पैसा पठाउन सक्ने छन् ।

त्यसरी पठाएको पैसाको सिटी एक्सप्रेससँग आबद्ध १२ हजारभन्दा बढी एजेन्टहरुबाट सजिलै भुक्तानी लिई बैंक खातामा जम्मा वा मोबाइल वालेटमा लोड गर्न सकिन्छ ।                   

सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र ‘टेर्रा पे’का तर्फबाट सह संस्थापक एनी स्यानले हस्ताक्षर गरेका छन् ।

 

बुधबार ३० भदौ २०७८ ११:१४ AM मा प्रकाशित

प्रतिक्रिया