मङ्गलबार, असोज १२ २०७८ ०४:१० PM

×

मञ्जुश्री फाइनान्सले एकै दिन बिस्तार गर्यो ३ शाखा 

images

काठमाडौं । मञ्जुश्री फाइनान्सले ३ ठाउँमा नयाँ शाखा विस्तर गरेको छ । फाइनान्सले नवलपुरको गैंडाकोट, चितवनको हाकिमचोक र पर्सा बजारमा मंगलबार शाखा विस्तार गरेको हो । 

मञ्जुश्री फाइनान्सको सञ्चालक समिति अध्यक्ष इन्दिरा पण्डित र सञ्चालक समिति सदस्यहरूले शाखा कार्यालयको उद्घाटन गरेका थिए । 

काठमाडौंको नयाँबानेश्वरमा मुख्य कार्यालय रहेको सो फाइनान्सको नारायणगढ, न्युरोड–काठमाडौं, पाल्पा रोड बुटवल, धनगढी, इटहरी, विराटनगर, नेपालगञ्ज, धरान, पोखरा, वीरगञ्ज, मुर्गिया, योगीकुटी, मणिग्राम र भैरहवामा गरी १५ वटा शाखा रहेका थिए । नयाँ विस्तार भएका ३ वटासँगै फाइनान्सको शाखा संख्या १८ पुगेको छ । 

उक्त फाइनान्सले २०७८ साल असार मसान्तसम्म ९६ करोड ५३ लाख रुपैयाँ चुक्ता पुँजी एवं ५० करोड रुपैयाँ डिबेन्चर जारी गरेको थियो । राष्ट्रिय स्तरको मञ्जुश्री फाइनान्सले ८ अर्ब ९१ करोड रुपैयाँ निक्षेप संकलन गरी ७ अर्ब ९५ करोड कर्जा परिचालन गरेको छ  । 

साथै फाइनान्सले विप्रेशण, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र एटीएम सेवालगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिँदै आएको छ । 
 

बुधबार ३० भदौ २०७८ ०८:३८ AM मा प्रकाशित

प्रतिक्रिया