बुधबार, साउन १३ २०७८ १०:३२ AM

×

उपासनाको ‘लिडरसीपपछि’ युनाइटेड इन्स्योरेन्सको छलाङ, पहिलो पटक उक्लियो अर्ब क्लबमा  

images

काठमाडौं । उपासना पौडेलले जिम्मेवारी सम्हालेपछि पहिलो पटक युनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड अर्बको क्लबमा उक्लिएको छ । पहिलो महिला प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रुपमा युनाइटेडको जिम्मेवारी सम्हालेपछि पहिलो पटक अर्बको क्लबमा इन्स्योरेन्स पुगेको हो । 

युनाइटेडको गिरेको शाख फर्काउन पौडेलले गरेको अथक प्रयास र संस्थालाई विश्वसनीय बनाउँदै लगेकाले युनाइटेड पनि अर्बको क्लबमा परेको छ । युनाइटेड इन्स्योरेन्सले गत आर्थिक वर्षमा ६३ करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेको थियो । चालू आर्थिक वर्षमा १ अर्ब रुपैयाँ बढी बिमा शुल्क आर्जन गरेको उनले बताइन् । 

कुनै समय निर्जीबन बिमा कम्पनीको सूचीमा सबैभन्दा तल्लो स्थानमा युनाइटेड इन्स्योरेन्स थियो । उपासनाले युनाइटेडको जिम्मेवारी लिएपछि इन्स्योरेन्सको व्यापारमा सुधार आएको हो । 

इन्स्योरेन्स वृत्तमा अर्बमा कुन कम्पनी पर्यो र कुन कम्पनी अर्बबाट झर्यो भन्ने ठूलो चर्चा हुन्छ । तर, अहिलेसम्म अर्बको क्लबमा युनाइटेड छिर्न सकेको थिएन । पहिलो पटक उक्लिएको हो । 

युनाइटेडको अध्यक्ष रवीभक्त श्रेष्ठ भएपछि उनैले उपासनालाई कम्पनीमा लगेका थिए । उपासनाको क्षमता र अनुभवले इन्स्योरेन्स माथि उठ्ने श्रेष्ठको विश्वास थियो । त्यही भएर उनले डेपुटी सीईओमा उपासनालाई भित्र्याएका थिए । पछि उनलाई सीईओ बनाइएको हो । 

उपासनासामू युनाइटेडलाई माथि लैजानुपर्ने ठूलो चुनौति थियो । वर्षौसम्म लगानीकर्तालाई केही दिन नसकेको आरोप पनि युनाइटेडले भोग्दै आएको थियो । व्यावसायिक वृत्तमा पनि यूनाइटेडले राम्रो छवी बनाएको थिएन् ।

तर, अहिले युनाइटेडले आफ्नो पूरानो छबीलाई मेट्दै अर्बको क्लबमा उभिन सफल भएको छ । युनाइटेड पछिल्लो समय आक्रामक रुपमा बजारमा उत्रिएको छ । यही बीचमा कम्पनीको रि–ब्रान्डिङ समेत गरिएको छ ।  

सेवामा गरेको निरन्तर गुणस्तरिय विस्तार, शाखा विस्तार, डिजिटाइजेसनको प्रयोग, नयाँ बजार प्रवद्र्धन रणनीति, संगठनात्मक संरचनामा सुधार जस्ता क्रियाकलाप मार्फत यो सफलता हासिल गर्न सफल भएको सीईओ पौडेलले बताइन् । 

बिहीबार ३१ असार २०७८ ०२:१४ PM मा प्रकाशित

प्रतिक्रिया