बिहीबार, मंसिर १६ २०७८ ०९:२४ PM

×
images

१२ वर्षमाथिका बालबालिकालाई फाइजर खाेप दिन सुरू (फोटोफिचर)

काठमाडौं । नेपालमा १२ वर्षमाथिका बालबालिकाले समेत लगाउन मिल्ने फाइजर खोप आइतबारबाट लगाउन सुरु गरियो । यो खोप दीर्घरोगी बालबालिकालाई लक्षित गरी लगाउन लागिएको हो ।

फाइजर खोप नेपालमा पहिलो पटक १२ वर्षदेखि १८ वर्षसम्मका दीर्घरोगीलाई दिइँदै छ । पहिलो पटक खोप लगाएकालाई २१ दिनदेखि २८ दिनभित्र दोस्रो मात्रा लगाइनेछ । पहिलो मात्रा कात्तिक २८ देखि मंसिर ४ गतेसम्म र मंसिर २७ गतेदेखि पुस ४ गतेसम्म दोस्रो मात्रा खोप दिइँदै छ ।

काठमाडौं उपत्यकामा रहेको वीर अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल, सहिद गंगालाल राष्ट्रिय हृदयकेन्द्र, पाटन अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र सहिद धर्मभक्त अङ्ग प्रत्यारोपण गरी आठवटा खोप केन्द्रबाट खोप कार्यक्रम सञ्चालन भएकाे छ  ।

No description available.

आइतबार​ २८ कात्तिक २०७८ ०४:०२ PM मा प्रकाशित

प्रतिक्रिया