मङ्गलबार, असोज १२ २०७८ ०३:२३ PM

×

एमालेको नाराबाजीबीच विनियोजन विधेयक बहुमतले स्वीकृत

images

काठमाडौं । प्रतिनिधिसभा बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को  विरोधबीच बजेट स्वीकृत भएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभामा पेश गरेको विनियोजन विधेयक २०७८ बहुमतले स्वीकृत भएको छ ।

साे प्रस्तावमाथि सैद्धान्तिक छलफल भएपछि सभामुख अग्निप्रसाद सापकोटाले  विधियोजन विधेयक–२०७८ लाई निणायार्थ पेस गरेका थिए ।  सभामुख  सापोटाले निर्णयार्थ पेस गरेको विधेयक प्रमुख प्रतिपक्षी एमाले सांसदको नाराबाजीबीच  बहुमतले स्वीकृत भएको छ ।

सभामुख सापकोटाले अर्को बैठक आउँदो असोज ४ गते बिहान ११ बजे बस्ने गरी आजको बैठक स्थगित गरेका छन् ।

मङ्गलबार २९ भदौ २०७८ ०१:५१ PM मा प्रकाशित

प्रतिक्रिया