बुधबार, साउन १३ २०७८ १०:५८ AM

×
images

बालुवाटारबाट बालकाेटसम्म केपी ओलीकाे यात्रा (फाेटाेफिचर)

काठमाडाैं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बुधबार बालुवाटारस्थित निवास छाडेर बालकोटस्थित निजी निवास गएका छन् । ओली बालुवाटारबाट निस्केदेखि बालकोट पुग्दासम्म उनका  समर्थकले गाडी र मोटरसाइकल र्‍याली निकालेका थिए ।

काठमाडौंमा ठूलो पानी परेका बेला समर्थकहरु मोटरसाइकल चढेर रुझ्दै बालकोट पुगेका थिए । बालकोट निवासमा उनलाई टीका लगाएर स्वागत गरिएको थियो । घर पुगेपछि उनले पहिलो तलाबाट समर्थकलाई हात उठाएर अभिवादन गरेका थिए ।

बुधबार ३० असार २०७८ ०३:१४ PM मा प्रकाशित

प्रतिक्रिया