सोमबार, माघ ३ २०७८ १०:५७ AM

×

मेगा बैंकको एक्सटेन्सन काउन्टर जनकपुरधाम प्रादेशिक अस्पतालमा 

images

काठमाडौं । मेगा बैंक नेपालले जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । 

 साे बैंकले धनुषाको जनकपुरधाम उपमहानगरपालिका-१० स्थित प्रदेश नम्बर २ को प्रादेशिक अस्पतालमा शुक्रबारदेखि एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो । 

प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डा. प्रमोदकुमार यादवले एक्सटेन्सन काउन्टरको उद्घाटन गर्दै अस्पतालको सबै सेवाको आर्थिक कारोबार अब बैंकमार्फत हुने भएकाले बिरामीलाई सहज हुने र अस्पताललाई पनि आर्थिक पारदर्शितामा सहज हुने बताए । 

बैंक जनकपुर शाखाका प्रबन्धक गलेककुमार यादवले सेवाग्राहीहरुलाई प्रभावकारी सेवा दिइने बताए । 

शुक्रबार​ ३० पुस २०७८ ०४:४० PM मा प्रकाशित

प्रतिक्रिया