बुधबार, साउन १३ २०७८ १०:३६ AM

×

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले लिए शपथ

images

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन्  । 

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा नवनियुक्त प्रधानमन्त्री देउवाले प्रधानमन्त्रीको पद तथा गोपनियताको शपथ लिएका हुन् । सर्वोच्च अदालतको सोमबारको फैसलापछि राष्ट्रपति भण्डारीले आज देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्  ।

समारोहमा संवैधानिक निकायका प्रमुख एवं पदाधिकारी, पूर्वप्रधानमन्त्रीहरु, राजनीतिक दलका नेताहरु, नेपाल सरकारका उच्च पदस्थ कर्मचारी र सञ्चारकर्मीको उपस्थिति थियो । 

सर्वोच्च अदालतको फैसलापछि नेपालको संविधानको धारा ७६ (५) अनुसार कांग्रेस सभापति देउवा प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । 

मङ्गलबार २९ असार २०७८ ०९:०४ PM मा प्रकाशित

प्रतिक्रिया