बुधबार, साउन १३ २०७८ १०:३० AM

×

नेपाल विज्ञापन संघद्वारा जेठ ३० गतेदेखि आसार ७ गतेसम्म रक्तदान कार्यक्रम आयोजना

images

काठमाडौं । नेपाल विज्ञापन संघ (आन) ले रक्तदान कार्यक्रम आयोजना गरेको छ । नेपाली विज्ञापन सप्ताह मनाउने सन्दर्भमा जेठ ३० गतेदेखि आसार ७ गतेसम्म संघले आइतबार रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

नेपाल मेडिसिटी अस्पतालसँगको सहकार्यमा संघको कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको आनले जनाएको छ । 

रक्तदान कार्यक्रममा आनका वर्तमान पदाधिकारिहरु तथा सदस्यहरु मिडियाका प्रतिनिधिहरु एवं विज्ञापन व्यवसायसँग सम्बन्धित विभिन्न साझेदारहरूको पनि उपस्थिति रहेकाे थियो । रक्तदान कार्यक्रममा ४८ पिन्ट रगत संकलन गरिएको जनाइएको छ ।

आइतबार​ ३० जेठ २०७८ ११:०५ PM मा प्रकाशित

प्रतिक्रिया