काठमाडौं । सामसङ आफ्नो यस वर्षको पहिलो स्मार्टफोन ‘ग्यालेक्सी एस २१ एफई ५जि’ सार्वजनिक गरेको छ । प्रिमियम गुणहरूको भरिपूर्ण शक्तिशाली ग्यालेक्सी एस२१ एफई ५जी मा नविनतम डिजाइन, शक्तिशाली कार्यक्षमता, प्रो लेभलको क्यामरा र सहज इकोसिस्टममा उपलब्ध छ ।
यस उत्कृष्ट स्तरको ट्रिपल क्यामेरा छ । जसमा ६.४ इन्च को एफएचडी एमोलेड डिस्प्ले, १२० हर्जको रिफ्रेस रेट एवं शक्तिशाली प्रोसेसर छ ।
यसमा भएको अलौकिन रंग र डिजाइनले उपभोक्ताहरूको मन मुटु पक्कै जित्ने सामसङ मोबाइल नेपालका बिजिनेस प्रमुख प्रणय रत्न स्थापित बताउँछन् ।
प्रो लेभल क्यामेरा
ग्यालेक्सी एस२१ एफइ ५जीमा उत्कृष्ट ट्रिपल क्यामेरा सेटअप छ । जसमा १२ मेगापिक्सल +१२ मेगापिक्सल +८ मेगापिक्सल क्यामरा रहेका छन्, जसबाट उज्यालो एवं अद्भूत फोटोहरू खिच्न सकिन्छ । अल्ट्रा वाइड लेन्सले सविस्तार सबैलाई एउटै फ्रेममा समेटिदिन्छ । यसैगरी ३२ एमपी क्षमताको प्राइमेरी क्यामराको सहायताले अद्भूत सेल्फीहरू खिच्न सकिन्छ ।
प्रो लेभलको क्यामरा प्रणालीमा अभूतपूर्व अनुभव दिलाउने दोहोरो रेकर्डिङ, पोर्टे«ट मोड, विस्तारित रात्रि मोड र ३० गुना सम्म नजिक जुम सुविधाहरू छन् । यसबाट प्रति सेकेन्ड ६० फ्रेममा फोरके भिडियो समेत खिँच्न सकिन्छ ।
उत्कृष्ट पावरहाउस
ग्यालेक्सी एस२१ एफइ ५जीमा सुन्दर ६.४ इन्चको एफएचडी प्लस डाइनामिक एमोलेड २ एक्स डिस्प्ले छ । जसमा १२० हर्ज रिफ्रेस रेट, २४० हर्ज टच स्याम्प्लिङ्ग रेट छ । यसका साथै यसमा अद्वितीय एवं सिल्की सजिलो स्क्रोलिङ्ग अनुभवको लागि एआइमा आधारित ब्लु लाइट नियन्त्रण छ जसले आँखालाई बिझाउन दिँदैन ।
यस्तै ५एनएम एक्जिनस २१०० प्रोसेसर र ४५०० एमएएच ब्याट्री भएको ग्यालेक्सी एस२१ एफइ ५जीले अधिकतम उच्च गति र निर्वाध कार्य क्षमताको सुनिश्चितता प्रदान गर्छ । यो ताररहित पावर सेयर र ताररहित छिटो चार्ज हुने २.०का साथ उपलब्ध छ र यसले २५ वाट तीव्र चार्जलाई साथ दिन्छ ।
आइपी ६८ रेटिङले स्मार्टफोनलाई धुलो र पानी प्रतिरोधक बनाएको छ । ग्यालेक्सी एस२१ एफइ ५जी दिनभर चल्ने ब्याट्री, ५ जी र वाइफाइ ६ सम्पर्क क्षमताका साथ उच्चतम शक्ति, गति र कार्य क्षमतासहित उपलब्ध छ ।
मूल्य र उपलब्धता
ग्यालेक्सी एस२१ एफइ ५ जि ग्राफाइट, लाभेन्डर, र अलीभ गरी तीन रङमा उपलब्ध छ । ग्राहकहरूले ग्यालेक्सी एस२१ एफइ ५जिको ८+२५६ जिबि भ्यारियन्ट. ८९ हजार ९ सय ९९ मा खरीद गर्न सक्नेछन् । यो फोन सामसङका सिमित ब्राण्ड स्टोर तथा रिटेल स्टोरहरुबाट खरिद गर्न सकिने छ ।