सोमबार, माघ ३ २०७८ १०:४९ AM

×

६.८ महिनाको मात्र आयात धान्ने विदेशी मुद्रा सञ्चिति 

images

काठमाडौं । आयात बढेपछि विदेशी मुद्रा सञ्चितिमा १३.२ प्रतिशतले गिरावट आएको छ । मंसिर मसान्तमा घटेर १२ खर्ब १४ अर्ब ३ करोड रुपैयाँ मात्र कायम भएको छ ।

२०७८ असार मसान्तमा विदेशी मुद्रा सञ्चिति १३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ मंसिर मसान्तमा १४.७ प्रतिशतले कमी आई १० अर्ब ३ करोड कायम भएको छ । २०७८ मंसिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २५.१ प्रतिशत रहेको छ । 

आर्थिक वर्ष ०७८/०७९ को पाँच महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.५ महिनाको वस्तु आयात र ६.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 
 

बिहीबार २९ पुस २०७८ ०४:४२ PM मा प्रकाशित

प्रतिक्रिया