काठमाडाैं । अनलाइन भुक्तानी सेवाप्रदायक ‘खल्ती’ ले यती एयरलाइन्ससँगको साझेदारीमा ४५० को क्यासब्याक तुरुन्तै पाइने अफर ल्याएको छ ।
यो अफरको मुख्य उद्देश्य ग्राहकहलाई डिजिटल भुक्तानी गर्न प्रोत्साहित गर्ने र फ्लाइट बुकिङलाई सहज बनाउनु रहेको खल्तीले बताएको छ । फ्लाइट बुकिङमा क्यासब्याक दुई चरणमा प्राप्त हुनेछ । बुकिङ गर्दाको बिल रकममा १५० घट्नेछ भने बाँकी रहेको ३०० ‘खल्ती’ वालेट मा क्यासब्याक स्वरूप प्राप्त हुनेछ । यो अफर १३ जनवरी २०२२ देखि १५ फेब्रुअरी २०२२ सम्म मान्य हुनेछ ।
फ्लाइट बुकिङमा तत्काल क्यासब्याक प्राप्त गर्न प्रयोगकर्ताहरूले यती एयरलाइन्सको एप डाउनलोड गरी रजिस्टर गर्नुपर्नेछ । वा यती एयरलाइन्सको आधिकारिक वेबसाइट भिजिट गरेर पनि रजिस्ट गर्न सकिनेछ ।
रजिस्टरपछि ओरिजिन, डेस्टिनेसन, डिपार्चर डेट, नेसनलिटी, नम्बर्स अफ एडल्स खोजी छनौट गनुपर्नेछ । त्यसपछि भने आफूलाई चाहिने टिकट छनौट गरेर कन्टिन्युमा ट्याप गरी सबै विवरण भरेर नेक्सट ट्याप गर्नुपर्नेछ । त्यसपछि त्यहाँ खल्ती देखिनेछ । त्यसलाई छनौट गरी भुक्तानी गर्नुपर्नेछ ।
यसरी फ्लाइट टिकट बुक भएपछि प्रयोगकर्ताहरूले आफ्नो खल्ती आइडीमा तत्काल क्यासब्याक पाउनेछन् ।
यस अफरबारे बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले यती एयरलाइन्ससँग मिलेर प्रयोगकताका लागि फ्लाइट बुकिङ र डिजिटल भुक्तानीमा सजिलो सुविधा र पहुँच पुर्याउन पाउँदा आफूहरू उत्साहित भएको बताए ।
त्यस्तै यती एयरलाइन्सका प्रमुख व्यापार अधिकृत युवराज विष्टले पनि खल्तीसँग सहकार्य गर्न पाउँदा उत्साहित भएको बताए ।