सोमबार, माघ ३ २०७८ १०:५३ AM

×

क्रिकेट एक्सेलेन्स सेन्टर र बजाज मोटरसाइकलको आधिकारिक वितरकबीच सम्झौता

images

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले क्रिकेट एक्सिलेन्स सेन्टरलाई प्रायोजन गर्ने सम्झौता गरेको छ । सम्झौतापछि क्रिकेट एक्सेलेन्स सेन्टरको नाम परिवर्तन भइ पल्सर क्रिकेट एक्सेलेन्स सेन्टर हुनेछ ।

हस्ताक्षर समारोहमा बोल्दै गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले एक्सेलेन्स सेन्टरसँग आबद्ध हुन पाउँदा खुसी भएको बताए । ‘बजाज पल्सरलाई नेपाली युवाहरूले सधैं माया गरका छन् । पछिल्ला वर्षहरूमा क्रिकेट नेपाली युवाहरूको प्यासन बनेको छ, उनले भने । 

बजाज पल्सरले नेपालमा खेलकुदलाई सधैं प्रवर्द्धन गर्दै आएको उनले बताए ।  जुन सहकार्यले पक्कै पनि देशभरबाट थप गुणस्तरीय क्रिकेटरहरू उत्पादन गर्न मद्दत गर्ने उनले बताए । 

पूर्वकप्तान पारस खड्काले ‘बजाज पल्सरसँग आबद्ध हुन पाउँदा  खुसी व्यक्त गरे । क्रिकेट एक्सेलेन्स सेन्टर क्रिकेटरहरूलाई व्यावसायिक प्रशिक्षण प्रदान गर्ने निजी एकेडेमी हो । जसले घरेलु खेलाडीहरू विकास गर्ने र क्रिकेटमा व्यावसायिक करियरका लागि मार्गदर्शन गर्ने लक्ष्य राखेको बताए । 

गुणस्तरीय क्रिकेट प्रशिक्षण, विश्वस्तरीय क्रिकेट पूर्वाधार र विज्ञहरूबाट सिक्ने अवसर प्रदान गर्ने उद्देश्यसाथ पूर्वकप्तान खड्का र ज्ञानेन्द्र मल्लले एकेडेमी स्थापना गरेका हुन् ।

बिहीबार २९ पुस २०७८ ०८:४८ AM मा प्रकाशित

प्रतिक्रिया