बुधबार, कात्तिक ३ २०७८ १०:१९ AM

×

बेलायत र खाडी राष्ट्र बीचमा व्यापार सम्झौता गर्न बहराइनमा छलफल शुरु

images

बेलायत र गल्फ को- अपरेसन काउन्सिल अन्तर्गतका देशहरूबीचमा व्यापार सम्झौता गर्नका लागि छलफल शुरु भएको छ ।  अहिलेको छलफल प्रारम्भिक मात्रै भएको बहराइनका अधिकारीहरूले जानकारी दिएका छन् । छलफल निकै राम्रो, सकारात्मक र उत्साहजनक भएको बहराइनका उद्योग, व्यापार तथा पर्यटन मन्त्री जायद बिन रशिद अल जायनीले भनेका छन् । 
     
बेलायत र साउदी अरब, संयुक्त अरव इमिरेट्स, कतार, बहराइन, कुवेत र ओमानका बीचमा सम्झौता गर्नेगरी छलफल भएको हो ।  बहराइनका मन्त्री जायनीले  संयुक्तरूपमा काम गर्नेगरी नयाँ अध्यायको शुरुवात गर्न लागेको र व्यापारिक साझेदारी, लगानी र सहकार्यको वातावरण बन्ने विश्वास लिएको बताएका छन्  । यस्तो व्यापार सम्झौता बेलायत र गल्फ को- अपरेसन काउन्सिलका सदस्य राष्ट्रहरु सवैका लागि राम्रो अवसर भएको पनि उनले बताए ।     
     
यूरोपेली संघबाट बेलायत बाहिरिएपछिको परिस्थितिलाई ध्यानमा राख्दै खाडी मुलुकहरु र बेलायतका बीचमा व्यापार सम्झौता गर्ने तयारी भएको हो ।  रासस/ एएफपी

मङ्गलबार २६ असोज २०७८ ११:०३ AM मा प्रकाशित

प्रतिक्रिया