मङ्गलबार, असोज १२ २०७८ ०५:०९ PM

×

सिभिल ‘इफिसियन्ट’ बैंक बनेर सोचेको भन्दा राम्रो प्रतिफल दिने छ (अन्तर्वार्ता) 

images

सन् १९९१ मा तत्कालिन नेपाल ग्रिण्डलैज बैंक (हालको स्ट्यान्डर्ड चाटर्ड बैंक) बाट बैंकिङ करियर सुरु गरेका सुनिल पोखरेल अहिले सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छन् । ३ दशक भन्दा बढी समय बैंकिङ क्षेत्रमा बिताइसकेका पोखरेल अनुभवी बैंकर हुन् । उनले साढे १९ वर्ष स्ट्यान्डर्ड चाटर्ड बैंकमा काम गरे । यसबीचमा अफगानिस्तानमा गएर स्ट्यान्डर्ड चाटर्ड बैंकमा पनि काम गरे । त्यसपछि उनी नेपाल फर्किएर एनआईसी एसिया बैकमा साढे ५ वर्ष र नबिल बैंकमा १ वर्ष, म्यानमारको एजीडी बैंक र युएबी बैंकमा काम गरेको अनुभव छ । नेपाल फर्किएपछि उनले सिभिल बैंकमा डेपुटी सीईओ भएर काम गरे । असार १८ गतेदेखि पोखरेल सिभिल बैंकमा सीईओको जिम्मेबारीमा छन् । उनी डेपुटी सीईओ भएदेखि नै सुस्त अवस्थामा रहेको सिभिलले गति लिन थालेको हो । गत वर्ष सिभिलले आक्रमक रुपमा व्यवसाय विस्तार गरेको छ । बैंकको हालको अवस्था र भावी योजनामा केन्द्रीत रहेर क्यापिटल नेपालले सीईओ पोखरेलसँग गरेको कुराकानी ।

यहाँले म्यानमार र अफगानिस्तानका बैंकहरुमा काम गर्नुभयो । त्यहाँको र नेपालको बैंकिङ प्रणालीका साथै कार्यशैलीमा फरक के पाउनु भयो ? 

विदेशी बैंकहरु प्रविधिमा अग्रस्थानमा छन् । प्रविधिको हिसावले नेपाली बैंक उनीहरु भन्दा धेरै पछि छन् । तर बैंकिङमा त्यहाँ पनि अझै परम्परागत पद्धति रहेको छ । 

म्यानमारको सन्दर्भमा ऋण कार्यान्वयनमा बैंकहरु अझै परम्परागत अवस्थामा छन भने नेपाली बैंक धेरै अगाडी छन् । तर, प्रविधि र ‘थट प्रोसेस’ भन्दा तिनीहरु गुणात्मक रुपले धेरै माथि छन् । उनीहरु आफूलाई सिङ्गापुर, थाइल्याण्ड र भियतनामको बैंकहरुसँग तुलना गर्छन । उनीहरुको लगानी पनि त्यही किसिमको छ । चाहे त्यो प्रविधि होस् वा अन्यमा । तर, त्यहाँको केन्द्रीय बैंकले आफूलाई आधुनिकीकरण गरिसकेको छैन । नेपाल राष्ट्र बैंक त्यहाँको केन्द्रीय बैंक भन्दा निकै अगाडी छ । 

यसैगरी अफगानिस्तानमा केही फरक अनुभव गरेको छु । स्ट्यान्डर्ड चाटर्डकै शाखा भएकोले  नेपालमा काम गरेको जस्तै भयो । नेपालमा जे नीति हो त्यहाँ पनि त्यही नै थियो । व्यवसायिक वातावरण नेपालमा भन्दा अफगानिस्तामा केही फरक थियो ।  ग्राहकहरु फरक थिए र नयाँ ढंगबाट बिजनेस हुन थाल्यो । अफगानिस्तानमा बहुराष्ट्रिय कम्पनीहरु, राजदुतावासहरु र आईएनजीओहरु बढी थिए । त्यसैले नेपालको तुलनामा अफगानिस्तानमा बिजनेस मोडल नै फरक थियो । तर प्रणालीगत कुराहरु सबै उस्तै थिए । 

बैंकमा जागिर खाएपछि अधिकांशको अन्तिम लक्ष्य सीईओ बन्ने हुन्छ । मेरो लक्ष्य बैंकको सीईओ नै बन्छु भन्ने कहिले पनि थिएन । तर, म स्वभावैले काममा चुनौती हुनुपर्छ र त्यस्ता चुनौतीहरुको सामना गरी अगाडी बढ्नुपर्छ भन्ने मान्यता बोकेको मान्छे भएकोले जहिले पनि चुनौतिपूर्ण भूमिका लिन लागिपर्थे । समग्र बैंकलाई नै अगाडी लैजाने चुनौती आएको हुनाले सिभिलको सीईओ  बनेको हुँ । 

तपाईंको ३ दशकको बैंकिङ करियरमा कस्ता किसिमका उतारचढावहरु आए ? 

बैंकमा जागिर खाएपछि अधिकांशको अन्तिम लक्ष्य सीईओ बन्ने हुन्छ । मेरो लक्ष्य बैंकको सीईओ नै बन्छु भन्ने कहिले पनि थिएन । तर, म स्वभावैले काममा चुनौती हुनुपर्छ र त्यस्ता चुनौतीहरुको सामना गरी अगाडी बढ्नुपर्छ भन्ने मान्यता बोकेको मान्छे भएकोले जहिले पनि चुनौतिपूर्ण भूमिका लिन लागिपर्थे । समग्र बैंकलाई नै अगाडी लैजाने चुनौती आएको हुनाले सिभिलको सीईओ  बनेको हुँ । 

विगतका कुरा गर्नुपर्दा स्ट्यान्डर्ड चाटर्ड बैंकबाट बाहिर निस्कन मलाई गाह्रो भएको थियो । किनभने त्यहाँ १९ वर्ष काम गरेपछि बाहिर के हो के हो भन्ने जस्तो लागेको थियो । स्ट्याण्डर्ड चाटर्डबाट बाहिर निस्किएपछि चुनौतिपूर्ण भुमिका (च्यालेन्जिङ रोल) पाईंदो रहेछ भन्ने कुरा प्रमाणित भयो । त्यसैगरी नबिल बैंकमा काम गर्दा पनि सहजै थियो । त्यहाँ छाडेर म्यानमारमा किन जान्छस ? भनेर साथीहरुले पनि भन्ने गर्थे ।

कामको दौरानमा थप चुनौती आउँदा अझै बढी ‘इन्जोय’ गरिन्छ । म त अझै बढी चुनौती हुनुपर्छ भन्ने ठान्छु । चुनौती लिएर नयाँ ठाउँमा जाउँ नयाँ किसिमले काम गरौं के हुन्छ हेरौं भन्ने मनस्थिती आउन थालेपछि यो रोल त हो नी जुन च्यालेन्जिङ हुन्छ । सिभिल बैंकमा आएपछि नयाँ फरक चुनौती थियो । म्यानमारमा जाँदा नयाँ बजार र नयाँ प्रणालीका कारण काम गर्न सक्छु कि सक्दिन भन्ने थाहा थिएन । चुनौतीकै कारणले आनन्दका साथ काम गरिरहेको छु । 

यहाँ डेपुटी सीईओ भएर आउँदा सिभिल बैंकको सीईओ हुन्छु भन्ने सोच्नु भएको थियो ? 

अहँ थिएन । काम गर्दै जाँदा मेरो कार्य कौशलताको आधारमा बोर्डले नयाँ जिम्मेवारी सुम्पियो र बैंकलाई नै अगाडी बढाउने चुनौती मैले स्वीकार गरी अगाडी बढें ।

सीईओ नियुक्त हुँदा यहाँले ४ वर्षको व्यवसायिक योजना लिएर आउनु भएको होला । यहाँका कार्यकालमा सिभिल बैंक कुन स्थानमा पुग्ने छ ? 

सिभिललाई सबैभन्दा ‘इफिसियन्ट’ बैंक बनाउने प्रतिवद्धता बोर्डलाई गरेको छु । सबै पक्षबाट हेर्दा सिभिल सबैभन्दा दक्ष बैंक हुनेछ । पहिला हामी बढी नाफा कमाउन धेरै प्रतिस्पर्धा गथ्र्यौं भने अहिले अलि फरक भएको छ । विदेशका बैंकहरु दक्षतामा प्रतिस्पर्धा गर्छन । 

नेपालको सन्दर्भमा बैंकहरुले व्यवसायवाट सेयरधनीहरुलाई दिनसक्ने प्रतिफल भनेको १२ देखि १८ प्रतिशतको हाराहारी मात्रै हो किनभने व्यवसाय बढाउन त्यही अनुसार पुँजी पनि वृद्धि गरेर लैजानै पर्ने हुन्छ । विदेशमा बैंकहरुले इफिसियन्सीमा प्रतिस्पर्धा गरिरहेका हुन्छन् र जति इफिसियन्ट बैंक भयो त्यति नै बढी प्रतिफल दिन सकिन्छ भन्ने सोच आएको छ ।

उदाहरणको लागी भर्चुअल बैंकहरुको प्रतिफल हेर्नुभयो भने अचम्मको छ । उनीहरुको लगानीमा प्रतिफल (आरओआई) न्युनतम ५० देखि ७० प्रतिशतसम्मको छ । त्यो कसरी भयो भने भर्चुअल बैंकिङमा बैंकको भौतिक उपस्थिती नै  छैन र अति न्यून कर्मचारीहरुबाट प्रविधिको भरपुर उपयोग गरी बैंक चलाएका हुन्छन् जसमा सञ्चालन खर्च अति नै न्यून हुन्छ ।

बैंकको इफिसियन्सि बढ्यो भने सबै कुरालाई सम्बोधन गर्न सकिन्छ भन्ने सोच रहेको छ । अर्को कुरा प्रणालीगत रुपमा बैंक सञ्चालन हुँदा हामी पनि राम्रो प्रतिफल दिन सक्छौं । भोली सिभिल बैंक इफिसियन्ट हुने बित्तिकै लगानीकर्तालाई राम्रो प्रतिफल दिन सक्षम हुन्छ ।  मेरो योजना पनि वास्तवमा त्यही नै हो । भोलीका दिनमा मेलै पनि सेयरधनीहरुलाई राम्रो प्रतिफल दिनुपर्छ भन्ने कुरा मैले ‘क्लियर कट’ बुझेको छु । निश्चय नै हामी इफिसियन्ट हुन्छौं र सोचेको भन्दा राम्रो प्रतिफल दिने छौं ।

नेपालको सन्दर्भमा बैंकहरुले व्यवसायवाट सेयरधनीहरुलाई दिनसक्ने प्रतिफल भनेको १२ देखि १८ प्रतिशतको हाराहारी मात्रै हो किनभने व्यवसाय बढाउन त्यही अनुसार पुँजी पनि वृद्धि गरेर लैजानै पर्ने हुन्छ । विदेशमा बैंकहरुले इफिसियन्सीमा प्रतिस्पर्धा गरिरहेका हुन्छन् र जति इफिसियन्ट बैंक भयो त्यति नै बढी प्रतिफल दिन सकिन्छ भन्ने सोच आएको छ ।

डिजिटल बैंकिङमा केन्द्रीय बैंकले जोड दिएको अवस्था छ । सिभिलले डिजिटलमा कतिको ध्यान दिएको छ ? 

हाम्रो मुख्य ‘फोकस’ डिजिटाइजेसनमा छ ।  डिजिटाइसेनमा सिभिल ‘वन अफ द लिडिङ’ बैंकमा पर्छ । डिजिटाइजेसनमा हामीले धेरै काम गरेका छौं । डिजिटल बैंकिङ र डिजिटाइजेसन फरक कुरा हुन् ।  डिजिटल भनेको ग्राहकले सेवा प्रयोग गरे वापत पाउने सेवा हो ।

डिजिटाइजेनस भनेको बैंकको आन्तरिक प्रक्रिया हो । बैंकको आन्तरिक प्रक्रियाअन्र्तगत धेरै कुरामा हामी अघि बढेका छौं । त्यसको फलस्वरुप हाम्रो व्यवसाय बढ्दो क्रममा हुँदासमेत कर्मचारीको संख्या घट्दो क्रममा छ । कर्मचारीको खर्च वृद्धि रोकिएको छ । सञ्चालन खर्च घटेको छ । उच्च अंकले बिजनेस बढाएका छौं । बिजनेस वृद्धिमा गत आर्थिक वर्षमा हामी पहिलो नम्बरमा थियौं । कर्मचारीको संख्या घट्दै गएको अवस्थामा पनि व्यवसाय विस्तारको परिणाम  डिजिटाइजेसन नै हो ।

आन्तरिक प्रक्रियामा जुन किसिमको ‘अटोमेसन’ गरेका छौं, त्यसले काम गर्यो । यो वर्ष पनि यही कर्मचारी लिएर अघि बढ्ने हो र अझै राम्रो गर्नेछौं । अब अर्को योजना भनेको ग्राहकले प्रयोग गर्ने डिजिटल ‘प्लेटफर्म’ हो । त्यो लाइनमा हामी जाँदैछौं । सायद यो वर्षभित्र डिजिटल बैंकिङमा एउटा ठूलै काम गर्ने छौं । त्यो गर्न पाइयो भने त्यसको प्रभाव अर्को वर्ष देखिने छ । निकट भविष्यमा सिभिललाई धेरै शाखा पनि नचाहिएला । हामी शाखा विस्तारको पक्षमा छैनौं । ग्राहकहरुलाई प्रविधिको प्रयोगबाट बैंकिङ सेवा लिन लगाउने हो । प्रविधि सस्तो भएको छ । पहिलाको जस्तो महंगो पनि छैन । प्रविधिको प्रयोग बढी भन्दा बढी गर्नुपर्छ । 

यहाँको भनाइलाई आधार मान्दा सुस्त गतिमा रहेको सिभिल बैंक अब सक्रिय हुने देखिएको हो ? 

हिजोको दिनमा चाहेको जस्तो ग्रोथ गर्न नसके पनि सिभिल सिस्टम भएको बैंक थियो । त्यसैको कारणले बिजनेस ग्रोथ गर्न सफल भयौं । यही टिमले नै बिजनेस ग्रोथ गरेको हो । अहिले नयाँ मान्छे म मात्र हो यहाँ । यही टिमले आजको ‘नम्बर डेलिभरी’ गरिरहेको छ । भोली पनि यही टिमले बैंकलाई माथि पुर्याउने छ । यो टिम ‘फूल्ली गियर अपमा’ छ । हामी यसपाली ‘क्वान्टम जम्प’ नै गर्नेछौं । बैंकको मुख्य खर्च भनेको कर्मचारी नै हो । बैंकलाई अटोमेसनमा लैजानासाथ कर्मचारी खर्च धेरै नियन्त्रित हुनेछ । सोहीअनुसार बिजनेस बढाएँ भने राम्रो प्रतिफल आइहाल्छ । 

डिजिटाइजेनस भनेको बैंकको आन्तरिक प्रक्रिया हो । बैंकको आन्तरिक प्रक्रियाअन्र्तगत धेरै कुरामा हामी अघि बढेका छौं । त्यसको फलस्वरुप हाम्रो व्यवसाय बढ्दो क्रममा हुँदासमेत कर्मचारीको संख्या घट्दो क्रममा छ । कर्मचारीको खर्च वृद्धि रोकिएको छ । सञ्चालन खर्च घटेको छ । उच्च अंकले बिजनेस बढाएका छौं । बिजनेस वृद्धिमा गत आर्थिक वर्षमा हामी पहिलो नम्बरमा थियौं । कर्मचारीको संख्या घट्दै गएको अवस्थामा पनि व्यवसाय विस्तारको परिणाम  डिजिटाइजेसन नै हो ।

उसो भए यो वर्ष पनि सिभिल बैंक एग्रेसिभ हुन्छ ? 

विगतका वर्षहरुमा हाम्रो पूँजी पर्याप्तता अनुपात (सिएआर) धेरै भएकोले गर्दा हामी ‘टपलाइन’ ग्रोथमा केन्द्रित भएका थियौं र जसको फलस्वरुप हामीले व्यवसायको आयतनमा व्यापक वृद्धि गरेका थियौं ।  जबसम्म ‘क्यापिटलको अप्टिमम यूज‘ हुँदैन तबसम्म लगानीकर्तालाई राम्रो प्रतिफल दिन सकिंदैन ।  हाल हाम्रो ११.४२ प्रतिशतमा छ जुन पुँजीको अधिकतम प्रयोग हुनसकेर भएको हो । यो आधारभूत आवश्यकता हो । अर्को महिना डिबेञ्चर पनि जारी गर्दैछौं । थप ऋण प्रवाह गर्नको लागी डिबेञ्चर जारी गर्न लागेका छौं । डिबेञ्चर जारीसँगै बैंकको ऋण प्रवाह गर्ने क्षमतामा वृद्धि हुनेछ ।

यो वर्ष अहिलेको बजारको हिसावले हामी बिजनेसमा एग्रेसिभ हुने अवस्था देख्दैनौं । बजारको औसत भन्दा केही बढी ग्रोथ गर्ने छौं । ‘मार्केटलाई बिट’ गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो । यद्यपी गत वर्षको जस्तो यो वर्ष एग्रेसिभ हामी हुँदैनौं ।

सिभिल बैंकलाई मर्जमा जार्नुपर्ने दबाब छ कि छैन ? 

अहिले नै मर्जमा गइहाल्नु पर्ने अवस्था र दबाब सिभिललाई छैन । हिजोे बैंक ‘ओभर क्यापिटलाइज्ड पोजिसनमा’ थियो । त्यसबेला मर्ज गर्दा ‘सिनर्जी’ ल्याउँछ भन्ने नै थियो । आजको अवस्था हेर्दा हामी त्योबाट पार भइसकेका छौं । अहिलेको अवस्था त्यो भन्दा फरक छ । सबै प्यारामिटरमा सिभिल धेरै राम्रो भइसकेको छ । सुधार भइरहेको छ । अब पुँजी पनि कसिलो भइसक्यो । हिजोका दिनमा पुँजी कसिलो भएको कुनै बैंकसँग मर्जमा गयो भने त्यसले सिनर्जी ल्याउने थियो भने अहिले त्यो अवस्थामा बैंक छैन । अनिवार्य रुपमा हामी मर्जमा जानै पर्छ भन्ने पक्षमा छैनौं । अहिलेको अवस्थामा मर्जमा जाने भनेको ‘बिजनेस डिसिजन’ हो । ‘सिनर्जी क्रियट’ हुने अवस्थामा बैंक जहिले पनि मर्जको लागि खुल्ला छ ।

बैंकिङ प्रणालीमा तरलता अभावको अवस्था सिर्जना भएको छ । ब्याजदर पनि बढ्ने देखिएको छ । यसको कारण मौद्रिक नीति नै हो ? 

यस सन्दर्भमा मौद्रिक नीतिमा भएको आधारभूत परिवर्तन भनेको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) हो । सीडी रेसियो वास्तवमा पहिला नै लागु हुनुपर्ने थियो । अलि ढिला भएकै हो । विदेशमा पनि बैंकिङ प्रणालीमा सीडी रेसियो नै लागु गरिएको छ । सीसीडीबाट सीडी हुनु भनेको ‘करेक्सन’ हो । सीसीडीको अवस्था भए पनि अहिले तरलता  टाइट नै हुन्थ्यो किनभने निक्षेपको वृद्धिदर घट्दो क्रममा छ भने ऋणको माग बढ्दो अवस्थामा छ । 

अधिकाँश बैंकहरुले सीसीडीलाई सीडी गर्दा लगानी क्षमता घट्यो, तरलतामा चाप पर्यो भन्दै गर्दा यहाँले सीडी रेसियो ठिक भन्नुभयो । बैंकर बीचमा किन यस्तो विरोधाभास भएको हो ? 

सीसीडी रेसियोबाट सीडी रेसियोमा जाँदा लगानीयोग्य पुँजी (लोनेवल फण्ड) केही हदसम्म त घट्छ । तर, सीसीडी रेसियोबाट सीडी रेसियोमा अन्तर्राष्ट्रिय चलनअनुसार पनि जानै पथ्र्याे । सीसीडी भएको भए निश्चय नै पुँजीलाई परिचालन गर्न सक्ने अवस्था हुन्थ्यो । क्यापिटलको प्रतिफल पनि उच्च हुन्थ्यो । सीसीडीबाट निश्चयनै बढी लाभ छ । तर, बैंक अब आधारभूत रुपमा जानुपर्यो । निक्षेपअनुसार कर्जा दिने हो । क्यापिटल बढी इन्जिेक्ट गरेर बढी ऋण दिने भन्ने कुरा आउँदैन ।

मौद्रिक नीतिमा भएको आधारभूत परिवर्तन भनेको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) हो । सीडी रेसियो वास्तवमा पहिला नै लागु हुनुपर्ने थियो । अलि ढिला भएकै हो । विदेशमा पनि बैंकिङ प्रणालीमा सीडी रेसियो नै लागु गरिएको छ । सीसीडीबाट सीडी हुनु भनेको ‘करेक्सन’ हो । सीसीडीको अवस्था भए पनि अहिले तरलता  टाइट नै हुन्थ्यो किनभने निक्षेपको वृद्धिदर घट्दो क्रममा छ भने ऋणको माग बढ्दो अवस्थामा छ । 

विगतमा साउन र भदौमा बैंकिङ प्रणालीमा पर्याप्त तरलता हुने गरेको थियो । यो आर्थिक वर्षको पहिलो महिनामै तरलता टाइट हुन गयो । के कारणले यस्तो भएको हो ?

विगतका वर्षहरुको आधारमा साउन र भदौमा बजारमा तरलता फ्लस हुने हाम्रो अनुमान थियो । तर, यसपाली ठिक उल्टो भएको छ । बजारमा पैसा छैन । केही रकम करमा गयो होला । तथ्यांक अनुसार वाणिज्य बैंकहरुको निक्षेप धेरै घटेको देखिन्छ । ठूला तथा सरकारी बैंकहरुको पनि निक्षेप घटेको अवस्था छ । एकातिर निक्षेप घट्दो क्रममा छ भने अर्को तिर ऋणको माग बढ्दो क्रममा छ जसले गर्दा तरलता थप टाइट हुने देखिन्छ ।

उसो भए पैसा कहाँ गयो त ? 

सर्वप्रथम त रेमिट्यान्सको वृद्धिदर सकारात्मक छैन, लक्जरी सामान र ब्राण्डेड महंगो वस्तु किन्नेको वृद्धिदरसंगै आयात बढेकाले केही लगानी त्यता गएको हुनसक्छ, कोभिडमा मान्छेहरुले निक्षेप बढाए र खर्च घटाए, त्यसैले अहिले खर्चको संरचनामा परिवर्तन आएको हुनसक्छ । साथै केही रकम करमा गयो होला भन्ने पनि आंकलन गर्न सकिन्छ ।

असोज १ गतेदेखि बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गर्दै छन् । कति प्रतिशत विन्दुले बढ्ने देख्नुहुन्छ ? 

परिवर्तित मौद्रिक नीतिअनुसार अधिकांश बैंकहरुको सीडी रेसियो टाइट भइसकेको हुनाले अब निक्षेप नबढाइ कर्जा विस्तार गर्न सक्ने अवस्था ज्यादै न्यून छ । त्यसैले अहिलेको अवस्था हेर्दा बैंकहरुले वचतमा हालको ब्याजदरमा न्युनतम १ प्रतिशतले बढाउने संभावना छ । यो मेरो अनुमान मात्र हो ।

सिभिल बैंकले निक्षेप बढाउन के कस्ता उपाय अपनाउँदै छ ? 

सिभिल बैंकले साना साना निक्षेपकर्ताहरुलाई लक्षित गर्दै विगत दुई महिनादेखि सर्वाधिक ब्याजदर प्रदान गर्दै आएको छ र यस बाहेक ग्राहकले खोजे अनुसारको योजना पनि ल्याउँदै गरेको छ । आगामी दिनहरुमा पनि यस बैंकका निक्षेपकर्ताहरुको हितलाई ध्यानमा राख्दै सर्वाधिक प्रतिफल प्रदान गर्ने योजना रहेको छ ।

बैंकहरुसँग भएको निक्षेप खोसाखोस गर्ने कि विदेशबाट ल्याउने ? कुन वित्तीय  औजार प्रयोग गरेर निक्षेप ल्याउँदै हुनुहुन्छ ? 

विदेशबाट पैसा ल्याउन सजिलो छैन । निक्षेप बढाउने एउटा प्रमुख औजार भनेको निक्षेपमा आकर्षक ब्याजदर प्रदान गर्ने हो अनि मासमा गएर रिटेल डिपोजिट ल्याउने हो । हाम्रो यही योजना हो । यस अर्थमा हामी रिटेल डिपोजिटमा बढी फोकस हुनेछौं । अहिले बचतमा सबैभन्दा बढी ब्याज दिने सिभिल नै हो । त्यसैले त्यो सेग्मेन्टलाई हामी छाड्दैनौं । संस्थागत निक्षेप लिन धेरै प्रतिस्पर्धा गर्न सकिन्दैन । त्यसमा सीमित हुन्छौं । हामीले रिटेल डिपोजिटमा फोकस गरिरहेका छौं । यसको परिणाम पनि राम्रो देखिएको छ ।

वर्षैपच्छिे तरलताको संकट किन आइरहेको छ ? 

यो अवस्था अघिल्लो वर्ष थिएन । निक्षेपको वृद्धि सधैं अग्र्यानिक हुन्छ । हाल ऋणको माग बढ्दो अवस्थाले गर्दा तरलता अभाव आएको  हो । ऋणको माग बढ्नुमा पहिला जस्तो केहि निश्चित व्यक्ति तथा ठूला कर्पोरेट हाउसहरुको कारणले नभएर साना तथा मझौला व्यवसायीहरुको ऋणको माग बढेको कारणले तरलता अभाब भएको देखिन्छ ।

हाल बैंकहरु साना तथा मझौला ऋणमा किन लक्षित छन् ?

साना व्यवसायीलाई देशको अर्थतन्त्रको मेरुदण्ड भनिन्छ र यसैलाई मनन गर्दै नेपाल राष्ट्र बैंकले साना लगानीमा जोड दिएको छ । नेपाल सरकारले स्टार्टअप बिजनेसलाई पनि फोकस गर्नु भनेको छ र हामी बैंकहरुले पनि यस प्रति सोच्न थालिसकेका छौं । यसले भविष्यमा कर्जाको माग बढ्ने छ । आन्तरिक स्रोतले अब धान्दैन ।

पहिला ठूला कर्पोरेट हाउसको मागलाई धान्न गाह्रो हुुन्थ्यो भने बजारमा अहिले नयाँ खेलाडी आउन थालिसके । २ वर्षअघि १ करोड रुपैयाँ कर्जा लिएका साना व्यवसायी आज ५ करोड रुपैयाँ ऋण लिने भइसके । अर्को वर्ष उनीहरुले १० करोड रुपैयाँ लिन्छन् । ऋण लगानीका लागि बजार खोज्न बाहिर जानुपर्दैन । बिजनेस राम्रो गरिरहेकाले बैंकहरुले ती ग्राहकलाई छाड्न पनि चाहँदैनन् । केही वर्षयता यसमा ठूला परिवर्तन आएको छ । पहिला थोरै ग्राहकमा सिमित थियौं भने अब मासमा गइसक्यौं ।

विदेशबाट पैसा ल्याउन सजिलो छैन । निक्षेप बढाउने एउटा प्रमुख औजार भनेको निक्षेपमा आकर्षक ब्याजदर प्रदान गर्ने हो अनि मासमा गएर रिटेल डिपोजिट ल्याउने हो । हाम्रो यही योजना हो । यस अर्थमा हामी रिटेल डिपोजिटमा बढी फोकस हुनेछौं । अहिले बचतमा सबैभन्दा बढी ब्याज दिने सिभिल नै हो । त्यसैले त्यो सेग्मेन्टलाई हामी छाड्दैनौं । संस्थागत निक्षेप लिन धेरै प्रतिस्पर्धा गर्न सकिन्दैन । त्यसमा सीमित हुन्छौं । हामीले रिटेल डिपोजिटमा फोकस गरिरहेका छौं । यसको परिणाम पनि राम्रो देखिएको छ ।

क्रेडिट क्रञ्चको समस्या नेपालमा हुने गरेको छ कि विदेशमा पनि हुन्छ ? 
 

क्रेडिट क्रञ्चको समस्या नेपालमा मात्रै होइन विदेशमा पनि हुन्छ । ऋणको माग बढे सँगै लोनेवल फण्डको अभावमा क्रेडिट क्रञ्चको समस्या देखिन्छ ।  नेपालको सन्दर्भमा बिदेशमा जस्तो हामीसँग बाहिरबाट पैसा ल्याउने विकल्प त्यति सजिलो छैन । हामी आन्तरिक निक्षेपमा मात्र निर्भर छौं । निक्षेपको वृद्धि अग्र्यानिक हुन्छ । बाहिरका वित्तीय संस्थाहरुले अन्य मुलुकहरुबाट पैसा ल्याउन सक्छन् । ‘क्रेडिट क्रञ्च’ हुँदा विदेशमा अन्तर्राष्ट्रिय ‘बरोइङ्ग’ हुन्छ भने हाम्रोमा त्यो हुँदैन किनभने नेपालको देशको शाख निर्धारण (कन्ट्री रेटिंङ) भएको छैन त्यसैले गर्दा विदेशबाट पैसा ल्याउन त्यति सजिलो छैन । 

पैसा दिन बाहिरका वित्तीय संस्थाहरुले नेपाली बैंकहरुलाई नपत्याएको हो ? 

नेपालको कन्ट्री रेटिंङ नभएको कारणले वित्तीय संस्थाहरुले नेपाली बैंकहरुलाई सहजै अन्तर्राष्ट्रिय बरोइङ्ग नगरेको अवस्था छ । विदेशी बैंकहरुले कन्ट्री रेटिङको आधारमा प्रतिफल तथा जोखिम हेरी अन्तराष्ट्रिय बरोइङ्ग गरेका हुन्छन् । हाल पनि नेपालका केही बैंकले बाहिरबाट पैसा ल्याइनै रहेका छन् । 
 

आइतबार​ २७ भदौ २०७८ ०९:४६ AM मा प्रकाशित

प्रतिक्रिया