सोमबार, माघ ३ २०७८ ०९:०४ AM

×

ललिता निवास प्रकरणः सीआईबीको अनुसन्धानमा सरकारी वकिलले यसरी औंल्याए त्रुटि (पूर्ण पाठसहित)

images

काठमाडौं । बालुवाटारस्थित सरकारी स्वामित्वको जग्गा ललिता निवास प्रकरणको असुन्धान प्रतिवेदन अपुराे भएकाे भन्दै जिल्ला सरकारी वकिलको कार्यालयले फिर्ता गरिदिएको छ । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले केही दिनअघि बुझाएको अनुसन्धान प्रतिवेदन अपुरो भएको भन्दै सरकारी वकिल कार्यालयले  उक्त प्रतिवेदन सीआईबीलाई नै फिर्ता गरिदिएको हो । अनुसन्धान अपुरो भएको कुरा विभिन्न ३४ बुँदामा उल्लेख छ । 

सीआईबीले २ वर्ष लगाएर ललिता निवास प्रकरणको अनुसन्धान गरेको थियो । र, पुस २२ गते उक्त अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो । 

सीआईबीले गरेको अनुसन्धानमा उच्च–पदस्थसहितका ३ सय जनाभन्दा बढी व्यक्ति तानिएका थिए ।  
 

 

बुधबार २८ पुस २०७८ ११:२२ AM मा प्रकाशित

प्रतिक्रिया