बुधबार, कात्तिक ३ २०७८ १०:२९ AM

×

सेयर धितोकर्जा लिएर नतिर्नेले बैंकको वार्षिक साधारणसभामा भाग लिन नपाउने 

images

काठमाडौं । नेपाल राष्ट्र बैंकले साधारणसभामा भाग लिन र मतदानका लागि कडाइ गरेको छ ।  आफु र   बंैक तथा वित्तीय संस्थाको बीचमा भएको वा हुने कुनै सर्त बन्देजको सम्बन्धमा हुने छलफलमा कुनै व्यक्तिले सेयरधनीको हैसियतबाट आफै वा आफ्नो प्रतिनिधिद्वारा साधारणसभामा भाग लिन र मतदान गर्न नपाउने भएको छ । 

आफूले गरेको वा गर्न छुटाएको वा गलत ढङ्गले गरेको कामको जवाफदेही वा आफ्नो स्वार्थ निहित रहेको कुनै पनि विषयका सम्बन्धमा साधारणसभामा हुने छलफलमा सञ्चालक वा निजको हिस्सेदार वा प्रतिनिधिले मतदान गर्न नपाउने व्यवस्था गरिएको छ ।

कुनै सेयरधनीले सम्बन्धित संस्थाको सञ्चालकलाई प्रतिनिधि नियुक्त गरेको अवस्थामा त्यस्तो सञ्चालकले आफ्नो निजी स्वार्थ वा सरोकार भएको विषयमा वा आफुलाई नियुक्त गर्ने विषयमा कसैको प्रतिनिधिको हैसियतले साधारणसभामा मतदान गर्न पाउने नपाउने भएको छ ।

बैक तथा वित्तीय संस्थामा आफुले लिएको सेयर धितो वा बन्धक राखी ऋण लिने सेयरधनीले त्यस्तो ऋण भुक्तान नगरेको कारणबाट निजउपर कानूनी कारबाही चलाई सेयर बापत मतदान गर्नबाट रोक लगाउन सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट लेखिई आएमा त्यस्ता सेयरधनीलाई निजले लिएको सेयर बापत ऋण चुक्ता नभएको अवधिभर मतदान गर्नबाट रोक लगाउनु पर्ने भएको छ ।

कारबाहीमा परेका सञ्चालक/सेयरधनी वा निजको प्रतिनिधिले कारबाही भएको मितिले एक वर्ष मतदान गर्न पाउनेछैन ।सोमबार नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशन जारी गरी यस्तो व्यवस्था गरेको हो । 

सोमबार २५ असोज २०७८ ०३:०१ PM मा प्रकाशित

प्रतिक्रिया