काठमाडौं । पेय पदार्थ कोका–कोलाले सबै प्रियजनहरू प्रति कृतज्ञता प्रदान गर्ने थिमकासाथ हालै दसैं अभियानको लन्च गरेको छ । ‘धन्यवाद’ शीर्षक रहेको यस अभियानको मुख्य आशय महामारीको कठिन समयमा साथीको रूपमा साथै सहयात्री रहेका उपभोक्ताहरूलाई कोकको बोटलको मार्फत धन्यवाद ज्ञापन गर्नु रहेको जनाइएको छ ।
प्रहरी र थुप्रै गैर–सरकारी संस्थाहरूले नेपालमा कोभिड–१९ विरुद्धको लडाइमा आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । दसैँअभियानको एक हिस्साको रूपमा, कोका–कोलाले स्वास्थ्य सेवा क्षेत्र, ट्राफिकजस्ता विभिन्न क्षेत्रका अग्रणी योद्धाहरूलाई समर्पित गरेर यसको अन–ग्राउन्ड एक्टिभेसन सुरू गरेको छ ।
यसको मुख्य उद्देश्य भनेको फ्रन्टलाइन नायकहरूलाई उनीहरूले प्रदान गरेको समर्पण र समुदायका लागि दिएको सेवाका लागि कोका–कोलाको तर्फबाट ‘धन्यवाद’ व्यक्त गर्नु हाे ।
यो कृतज्ञता प्रदानगर्नका लागि कोका–कोलाले अग्रपंक्तिका नायकहरूसँग संलग्न रहेर “धन्यवाद”उपहार बक्सलाई बढ्दै छ । यसमा नयाँ धन्यवाद लेबल गरिएको व्यक्तिगत कोकको बोतलहरूमा नाम अंकित गरिएको छ र साथै कोका–कोलाको कन्टुर ग्लास पनियसमा समावेश रहेको जनाइएको छ ।
पहिलो एक्टिभेसनको सफलतापूर्वक आयोजनाचारवटा गैर–सरकारी संस्थामा गरिएको थियो । महावीर पुनको नेतृत्वमा रहेको राष्ट्रिय आविष्कार केन्द्र, देशका युवाहरूको नेतृत्वमा रहेको हामी नेपाल, जनावरलाई उद्धार र वासस्थान प्रदान गर्ने स्नेह केयर र हर्टबिट यसमा रहेका थिए ।
आगामी दिनहरूमा कोका–कोलाले देशको अग्रणी नायकहरू प्रति आभार प्रकट गर्नको लागि अस्पताल र ट्राफिक पुलिससहित धेरै संगठनहरूको भ्रमण गने जनाइएको छ ।