×

१९.०६ अंकले घट्यो नेप्से, १८ दिनपछि न्यून कारोबार

images

काठमाडौं । साताको पाँचौं कारोबार दिन नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’ सामान्य अंकले घटेको छ । यस दिन नेप्से परिसूचक १९.०६ अंकले घटेर २ हजार ३७.८३ बिन्दुमा झरेको छ । 

आज २ हजार ५९ बिन्दुमा खुलेको बजार सामान्य अंकले घटेर २०३७.८३ विन्दुमा झरेर बन्द भएको छ । सामान्य अंकले घटेको बजारमा करिब दुई अर्बको कारोबार भएको छ । आज नेप्से उच्च २ हजार ७४ बिन्दु र न्यून २ हजार ३६ बिन्दुमा झरेको थियो । 

आज नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । आज नेप्सेमा १ अर्ब ७६ करोड १० लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बुधबार नेप्सेमा १ अर्ब ९० करोडको कारोबार भएको थियो । यो साता नेप्सेमा निरन्तर गिरावट आएको छ । 

आज नेप्सेमा २ सय २३ कम्पनीको ६२ लाख ९८ हजार कित्ता सेयर खरिद बिक्री भएको छ । आज नेप्से कारोबारमा आएका २२३ कम्पनीमध्य ३२ कम्पनीको सेयरमूल्य बढेको छ भने १५० कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ । अन्य १ कम्पनीको  सेयरमूल्य भने स्थिर रहेको छ । 

नेप्सेमा हिमालयन हाइड्रोपावर कम्पनी र अपर हेवाखोला हाइड्रोपावरको सेयरमूल्यमा सकारात्क सर्किट लागेको छ । दुवै कम्पनीको सेयर मूल्य सर्वाधिक ९.९८ प्रतिशतले बढेको छ । यी दुवै कम्पनीले हालै आईपीओ निष्कासन गरेको थिए । 

त्यस्तै, युनिलिभर नेपाल कम्पनीको सर्वाधिक ८.२३ प्रतिशत र वृद्धभूमि हाइड्रोपावरको कम्पनीको ७.५६ प्रतिशतले सेयर मूल्य घटेको छ । 
आज नेप्सेमा शिवम सिमेन्टको सर्वाधिक ७ करोड २७ लाख रुपैयाँको कारोबार गरेको छ । त्यस्तै, हिमालयन डिस्टिलरीको ६ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
 

बिहीबार २६ साउन २०७९ ०३:२५ PM मा प्रकाशित

प्रतिक्रिया