×

उद्योगमन्त्री बडुले भने 'निजी क्षेत्रको काममा सरकार बाधक हैन, सहकार्य गरेर अगाडि बढ्ने छ' 

images

काठमाडौं । उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले निजी क्षेत्रको काममा सरकार बाधक नबन्ने बताएका छन् । मन्त्री बडुले निजी क्षेत्रसँग सरकार बाधक हाेइन बरू सहकार्य गरेर काम गर्न तयार रहेको बताए । 

उद्योग मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघबीच समझदारी पत्रमा भएको हस्ताक्षर कार्यक्रममा बोल्दै मन्त्री बडुले भने 'तपाईहरुलाई कहाँ-कहाँ समस्या छ, हामी समाधानका लागि तयार छौ ।'

उनले लगानीकर्ताहरुलाई लगानी सुरक्षित भएकाे विश्वास दिलाए । यस्तै, मन्त्री बडुले विदेशी लगानीकर्ताहरुलाई पनि लगानीको वातावरण बनाउन सरकार हरपल तयार भएकाे जानकारी दिए । उनले भने 'पहिला के भयो र कस्तो थियो, त्यसलाई बिर्सिएर सरकार अब नयाँ तरिकाले काम गर्न तयार छ ।' पहिला भएका केही नीतिगत रुपमा सुधार गर्नुपर्ने केही भए सरकार पूर्ण रुपमा तयार /रहेकाे पनि उनले प्रष्ट पारे । 

बिहीबार २६ साउन २०७९ ०८:५२ PM मा प्रकाशित

प्रतिक्रिया