×

रिचेत जलविद्युतले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल नियुक्त

images

काठमाडौं । रिचेत जलविद्युत् कम्पनी लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्कासन गर्ने भएको हो । 

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि १ करोड १२ लाख रुपैयाँ बराबरको १ लाख १२ हजार २२३ कित्ता आईपीओ निष्कासन गर्नेछ । 

कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड नियुक्त गरेको छ । कम्पनी ऐन, २०६३ अन्तर्गत वि.सं. २०७० सालमा स्थापना भएको रिचेत जलविद्युत् कम्पनी लिमिटेडको प्रमुख कार्यालय ललितपुर– १५, महालक्ष्मीस्थानमा रहेको छ ।
 

बिहीबार २६ साउन २०७९ ०३:३३ PM मा प्रकाशित

प्रतिक्रिया