×

क्यापिटल बहसः विदेशी बैंकबाट ५ खर्बसम्म ऋण ल्याउन सक्छौं 

images

देशको अर्थतन्त्रमा जे जस्ता समस्या आए पनि बैंकिङ क्षेत्रले जिम्मेवारीपूर्ण आफ्नो काम गरिरहेको छ । 

अन्य क्षेत्रको तुलनामा बैंकिङ क्षेत्र बढी पारदर्शी भएका कारणले समस्या नआएको हो ।

नेपालको बैंकिङ क्षेत्रले दक्षिण एसियामा उदाहरणीय काम गरिरहेको छ । गत वर्षको फागुनतिर बैंकहरुको कर्जाको उपज (इल्ड) ११.०८ प्रतिशत थियो । 

कोभिडपछि विभिन्न सहुलियत दिँदा पनि बैंकदर ८.५० प्रतिशत थियो । अहिले बैंकको कर्जाको उपज ११.५ प्रतिशत छ । यस्तो अवस्थामा पनि बैंकिङ क्षेत्रले समग्र क्षेत्रलाई मध्यनजर गर्दै काम गरिरहेको छ । 

कोभिडअघि मुद्रास्फीति ४÷५ प्रतिशत थियो । अहिले मुद्रास्फीति दर बढेर ८.५ पुगेको छ । यसरी वृद्धि हुँदा बैंकिङ क्षेत्र नेगेटिभ रेन्जमा पुग्ने बेला भएको छ । हामीले संयमित भएर स्थिरतालाई ध्यानमा राखी ब्याजदर निर्धारण गरिरहेका छौं । 

टर्म लोनमा प्रिमियम रेट फिक्स्ड हुन्छ । बेस रेटमा फरक पर्छ । कोभिडअघि र कोभिडपछि बैंकहरुको बेस रेट १० प्रतिशतभित्र चलिरहेको छ । हामीले टर्म लोन सुविधामा नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार प्रिमियम नबढाऊ भनेको ठाँउमा बढाएका छैनौं । 

मलाई लाग्छ, बैंकिङ क्षेत्रले पनि त्यसरी प्रिमियम बढाएको छैन । हामीले यसलाई स्थिर बनाउने र उद्योगलाई जोगाएर कसरी जाने भनेर सोचिरहेका छौं । 

अहिले ग्रिन लोनको कुरा आएको छ । आजको दिनसम्ममा वाणिज्य बैंकको कोर क्यापिटल साढे ५ खर्ब रुपैयाँको छ । कोर क्यापिटलको १०० प्रतिशत अर्थात् साढे ५ खर्ब रुपैयाँबराबरको विदेशबाट ऋण ल्याउन सक्छौं । बैंकिङ क्षेत्रको राम्रो परफरमेन्सले गर्दा विदेशी संघसंस्था तथा बैंकहरु पनि पैसा दिन तयार छन् । 

मौद्रिक नीतिमा हेजिङ र करेन्सी स्वापको सुविधा दिने कुरा आएको छ । हेजिङको सहज व्यवस्था भएमा अहिले पनि कोर क्यापिटलको ६० प्रतिशत ऋण विदेशबाट ल्याउन तयार छौं । त्यति पैसा आउनेबित्तिकै अहिलेको समस्या समाधान हुन सक्छ । 

-केसी नेपाल बैंकर्स संघका उपाध्यक्ष एवंम एनमबी बैंकका  प्रमुख कार्यकारी अधिकृत हुन् । 


 

बिहीबार २६ साउन २०७९ ०२:०५ PM मा प्रकाशित

प्रतिक्रिया