×

वैदेशिक रोजगारलाई मर्यादित र व्यवस्थित बनाउन ऐन संशोधन आवश्यक

images

काठमाडौं । सरकारले वैदेशिक रोजगारीसम्बन्धी ऐन संशोधनमा गर्नुपर्ने एक कार्यक्रमका सहभागीले बताएका छन् । वैदेशिक रोजगार कानुनसम्बन्धी सञ्चारकर्मीहरुका लागि एक दिने अभिमुखीकरण कार्यक्रमका सहभागीले सो बताएका हुन् ।

वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउन ऐन संशाेधन गर्नु आवश्यक रहेको उनीहरुको भनाइ छ । पछिल्लो समयमा वैदेशिक रोजगारीका समस्या समाधान गर्न ऐनका कारण कठिनाइ भएको उनीहरुले बताए । कार्यक्रममा पिपुल फोरमका अधिवक्ता सोहम लुइँटेलले कन्सेप्ट अफ माइग्रेसन ट्रफिकिङ एन्ड स्मग्लिङ अफ माइग्रेन्ट भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

यस्तै आर्थिक अभियान दैनिकका कार्यकारी सम्पादक रुद्र खड्काले च्यालेन्ज एन्ड ट्रेन्ड अफ फरइन इम्पोलोइ एन्ड रोल अफ जर्नालिस्ट विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रम आइरेक्सको सहयोगमा मानव अधिकारका लागि जनमञ्च (पीपुल फोरम) ले आयोजना गरेको थियो ।

बिहीबार २६ साउन २०७९ ०५:३५ PM मा प्रकाशित

प्रतिक्रिया