बुधबार, साउन १३ २०७८ ११:२१ AM

×

सिटी एक्सप्रेस मनी ट्रान्सफर १५औं  वर्षमा, बम्पर उपहार विजेतालाई दियो १० लाख  

images

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर १५ औं वर्षमा प्रवेश गरेको छ । सिटी एक्सप्रेसले ‘सकारात्मक र सबल हुँदै’ भन्ने मूल नाराका साथ  १५ औं वार्षिकोत्सव मनाएको छ ।

अहिलेको विषम परिस्थितिलाई मध्यनजर गर्दै सिटीले आफ्नै कर्पोरेट कार्यालय कमलादीमा एक समारोहको आयोजना गरी वार्षिकोत्सव मनाएको छ ।

उक्त समारोहमा ‘न एति न उति सिधै लखपति’ योजनाको विजेता साउदीमा कार्यरत  जागेश्वर भुसकुलिया यादवकी धर्मपत्नी फुलमती कुमारीलाई १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।

साथै कार्यालयको आन्तरिक छनोट प्रक्रियाबाट यस आर्थिक बर्षमा उल्लेखनीय कार्य गरे बापत विभिन्न विभाग र तहका ३ उत्कृष्ट कर्मचारीहरुलाई पनि सम्मान गरेको छ । 

सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका छ  । सिटीले विगत १४ वर्षदेखि संसार भरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।

आन्तरिक विप्रेषणअन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२ हजार भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।
 

आइतबार​ २७ असार २०७८ ०७:४० PM मा प्रकाशित

प्रतिक्रिया