×

मेलम्ची खानेपानी आयोजना चैतमसान्तसम्म मर्मत हुने

images

काठमाडौं । बाढीबाट क्षति ग्रस्त राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना २०७८ चैत मसान्तसम्म पुनर्निर्माण हुने भएको छ । सरकारले ल्याएको प्रतिस्थापन विधेयकमार्फत अर्थमन्त्री जनार्दन शर्माले खानेपानी आयोजनाको मर्मत तथा पुनर्निर्माण गरी यही वर्षको अन्त्यसम्ममा नियमित पानी वितरण गर्ने जनाएका हुन् ।

त्यस्तै बाढीबाट क्षति पुगेका सडकलगायत क्षेत्रको पुनर्निर्माणका लागि आवश्यक बजेटको व्यवस्था गरेको मन्त्री शर्माले बताएका छन् । गत असार १ र साउन १६ गते मेलम्ची खोलाको बाढीले खानेपानी आयोजनामा क्षति पुगेको थियो ।

बाढीबाट करिब २ अर्बको क्षति भएको अनुमान गरिए पनि हलसम्म एक्किन विवरण भने आउन सकेको छैन ।
 

 

शुक्रबार​ २५ भदौ २०७८ ०४:४३ PM मा प्रकाशित

प्रतिक्रिया