मङ्गलबार, असोज १२ २०७८ ०५:१५ PM

×

सार्वजनिक संस्थाहरुलाई कम्पनी बनाएर सेयर निष्कासन गर्ने 

images

काठमाडौं । सरकारले सार्वजनिक संस्थानहरुलाई कम्पनी मोडेलमा रुपान्तरण गर्ने भएको छ । सर्वसाधारणको लगानीका लागि संस्थानहरुलाई कम्पनी मोडलमा लैजान लागेको हो ।

कम्पनी बनाएपछि सेयर निष्कासन गर्ने तयारी सरकारको छ । अर्थमन्त्री जनार्दन शर्माले संभाव्य भएका सार्वजनिक संस्थालाई कम्पनी बनाएर सर्वसाधारणलाई सेयर निष्कासन गर्ने जानकारी गराएका छन् ।

उनले निरन्तर घाटामा गएका सार्वजनिक संस्थानहरुको संरचनागत र व्यवस्थापकीय सुधार गरी सञ्चालन गर्ने वा खारेज गर्नेलगायत अन्य विधि अपनाउने जानकारी दिए ।  
 

शुक्रबार​ २५ भदौ २०७८ ०५:१७ PM मा प्रकाशित

प्रतिक्रिया