सोमबार, जेठ ३१ २०७८ ११:४६ AM

×

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ भए पदमुक्त, नयाँ सरकार गठनको प्रक्रिया सुरु

images

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएका छन् । उनी पदमुक्त भएपछि संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।

प्रदेशसभाको सबभन्दा ठूलो दलको नेताका हैसियतमा २९ वैशाखमा मुख्मन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री गुरुङले बिहीबार प्रदेशसभामा विश्वासको मत मागेकोमा तर उनको पक्षमा २७ मत देखिएको छ । यसैगरी विपक्षमा ३० मत खसेको छ ।

सभामुख नेत्रनाथ अधिकारीले मुख्यमन्त्रीको पक्षमा २७ मत, विपक्षमा ३० मत, १ जना सांसद मतदानमा सहभागी नभएको सुनाए ।

मतदानमा प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री दीपक मनाङे अनुपस्थित भए भने राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा तटस्थ रहेका थिए । नेपाली कांग्रेसका १५ जना, नेकपा माओवादी केन्द्रका ११ जना, जनता समाजवादी पार्टीका २ जना र राष्ट्रिय जनमोर्चाका सांसदहरु पियारी थापा र खिमबिक्रम शाहीले भने विपक्षमा मतदान गरेका छन् ।

बिहीबार २७ जेठ २०७८ ०६:५० PM मा प्रकाशित

प्रतिक्रिया