सोमबार, माघ ३ २०७८ १०:१२ AM

×

थाई स्माइल एयरवेजको जनरल सेल्स एजेन्टमा सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेज नियुक्त

images

काठमाडौं । बैंककस्थित थाई एयरवेजको पूर्ण स्वामित्व रहेको क्षेत्रीय थाई स्माइल एयरवेजले सोसाइटी इन्टरेसनल ट्राभल सर्भिसेजलाई नेपालका लागि आफ्नो जनरल सेल्स एजेन्टको रूपमा नियुक्त गरेको छ । 

उक्त सम्झौताअनुसार ट्राभल सर्भिसेजले थाई स्माइल एयरवेजका लागि सेल्स, मार्केटिङ र एयरपोर्ट सञ्चालन सेवाका साथै पूर्ण ग्राहक तथा एजेन्सी सहयोग सेवाहरू उपलब्ध गराउने छ ।

सम्झौतामार्फत सन् १९६८ देखि एयरवेजले वायुसेवा प्रदान गर्दै आएको नेपालको रुटमा पुनः नेपाल र थाइल्यान्डबीचको दूरी पनि मेटाउने लक्ष्य राखेको छ ।

सोमबार २६ पुस २०७८ ०५:४६ PM मा प्रकाशित

प्रतिक्रिया