काठमाडौं । दुगड ग्रुपले आर्थिक रूपमा कमजोर २५ जना विद्यार्थीहरूलाई उच्चशिक्षा अध्ययनका लागि छात्रावृत्ति घोषणा गरेको छ । ग्रुपका अध्यक्ष मोतीलाल दुगडको ७५ औं जन्मोत्सवको अवसरमा दुगड ग्रुपले उक्त घोषणा गरेको हो ।
यस्तै साेही अवसरमा ग्रुपले रक्तदान कार्यक्रम आयोजना गरी ६ सय ६६ युनिट रगत संकलन गरेको छ । साथै २ हजार ७ सय ३५ बाेटबिरुवा रोपण तथा ६४ जना वृद्धाहरूलाई खानासमेत खुवाएको छ ।
जन्मोत्सवकै अवसर पारी सोलुखुम्बु र रामेछाप जिल्लामा एमभी दुगडको आयोजनामा निःशुल्क आँखा शिविर पनि सञ्चालन गरेकाे हाे । पुस १८ देखि २३ गतेसम्म सोलुखुम्बु र रामेछाप जिल्लाका गोकुल गंगा, रस्नालु, प्रिती उमाकुण्ड, भण्डार हस्पिटल, गुम्देल हेल्थपोस्ट, चौलाखर्क हस्पिटलमा शिविर सञ्चालन भएकाे हाे । यसबाहेक एमभी दुगड ग्रुप-हाइड्रो डिभिजन, किन्जा सिटी हाउजिङलगायतका स्थानमा पनि शिविर आयोजना गरिएको थियो ।
शिविरमा ६६ जनाको निःशुल्क आँखाको शल्यक्रिया भएको छ ।
प्रतिक्रिया