×

कतार र जजिरा एयरले राति १२ बजेपछि उडान गर्न क्यानसँग माग्यो अनुमति

images

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राति १२ बजेपछि उडानका लागि दुईवटा एयरलाइन्सले चासो देखाउँदै अनुमति मागेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान) मा कतार एयरवेज र जजिरा एयरले उडानका लागि आवश्यक स्लट उपलब्ध गराउनका लागि अनुमति मागेको हो ।

प्राधिकरणले दिएको जानकारीअनुसार कतारले राति १ बजे नेपाल आएर २.३० मा उडान गर्ने गरी अनुमति मागेको छ । यस्तै जजिराले पनि राति १ बजे आएर २ बजे उडान गर्नका लागि आवश्यक स्लट उपलब्ध गराउनका लागि अनुरोध गरी पत्र पठाएको प्राधिकरणका प्रवक्ता देवचन्द्रलाल कर्णले जानकारी दिए ।

ती दुवै एयरलाइन्सले डिसेम्बरको पहिलो सातादेखि राति दैनिक एक/एक उडानका लागि आवश्यक अनुमति माग गरिएको भए पनि हालसम्म कुनै निर्णय हुन नसकेको जनाएको छ ।
 
रात्रिकालीन उडानका लागि यी दुई एयरलाइन्ससहित नेपाल एयरलाइन्सले पनि आवश्यक तयारी गरिरहेको जनाएको छ । उसले कहिलेदेखि अनुमति माग्छ भन्ने यकिन जानकारी नभए पनि तयारी थालेको र नेपाल एयरलाइन्ससहित अन्य दुईवटाले पनि राति उडान गर्ने इच्छा देखाएको जनाएको छ । यद्यपि, ती एयरलाइन्सहरुले भने हालसम्म स्लटका लागि अनुमति मागिसकेको छैन ।

 

बिहीबार २३ मंसिर २०७८ ०१:२२ PM मा प्रकाशित

प्रतिक्रिया