×

आजदेखि धौलागिरि लघुवित्तको आईपीओमा आवेदन दिन पाइने

images

काठमाडौं । धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडको प्राथमिक सेयर (आईपीओ)मा आज (साउन २४ गते) देखि आवेदन दिन पाइने भएको छ । 
कम्पनीले सर्वसाधारण लगानीकर्ता, सामुहिक लगानी कोष र संस्थाका कर्मचारीको लागि आईपीओ बिक्रीमा ल्याएको हो । 

लघुवित्तले १०० रुपैयाँ अंकित मूल्यको ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता आईपीओ जारी गरेको हो।

लघुवित्तले निष्कासन गरेको कुल ३ लाख ३१ हजार कित्ता सेयरमध्ये ०.५ प्रतिशत अर्थात् ५ हजार १५५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी ३ लाख ८ हजार २९५ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।

आइपीओमा छिटोमा साउन २९ गते र ढिलोमा भदौ ७ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्कासन तथा बिक्री प्रवन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ। हाल लघुवित्तको चुक्ता पुँजी ७ करोड रुपैयाँ छ। आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी १० करोड ३१ लाख रुपैयाँ पुग्नेछ।

मङ्गलबार २४ साउन २०७९ ०८:२९ AM मा प्रकाशित

प्रतिक्रिया