×

बीओकेले भदौ २ गतेदेखि ऋणपत्र निष्कासन गर्ने

images

काठमाडौं । बैंक अफ काठमाण्डू (बीओके) लिमिटेडले भदौ २ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ । 

कम्पनीले ७ वर्ष  अवधिको १० दशमलव ५० प्रतिशत ब्याजदर रहेको ‘बीओके डिवेञ्चर, २०८६’ नामको ऋणपत्र निष्कासन गर्न लागेको हो ।

कम्पनीले प्रतिकित्ता १ हजार अंकित दरका १ अर्ब १० करोड  बराबरका ११ लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ । 

जसमध्ये ६० प्रतिशत अर्थात् ६ लाख  ६० हजार  व्यक्तिगत तवरबाट बिक्री गर्नेछ भने  ४४ करोड बराबरको ४० प्रतिशत अर्थात् ४ लाख ४० हजार कित्ता ऋणपत्र सर्वसाधारणका लागि निष्कासन गर्नेछ । 

सर्वसाधारणलाई बिक्री गर्ने ४ लाख ४० हजार कित्तामध्ये २२ हजार कित्ता ऋणपत्र सामुहिक लगानी कोषलाई बाँडफाँट गर्नेछ ।  

यो ऋणपत्रमा भदौ ७ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा मागबमोजिम आवेदन नपरेमा भदौ १६ गतेसम्म थप हुनेछ । ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ

मङ्गलबार २४ साउन २०७९ ०८:४९ AM मा प्रकाशित

प्रतिक्रिया