बुधबार, कात्तिक ३ २०७८ १०:१७ AM

×

सिमराबाट काठमाडौं आउन लागेको बुद्धको जहाजको टायरमा हावा खुस्कियो

images

काठमाडौं । बाराको सिमराबाट काठमाडौं आउन लागेको बुद्ध एयरको जहाजको टायरमा हावा खुस्किएको छ । काठमाडौंबाट सिमरा पुगेको सो जहाज अवतरणपछि पार्किङतिर लैजाने क्रममा टायरको हावा खुस्किएको हो। 

 सिमरा विमानस्थल कार्यालयका अनुसार १० बजेर ५३ मिनेटमा अवतरण भएको बुद्ध एयरको उडान नम्बर ५५३ जहाजको  टायरको हावा खुस्किएपछि उडानसमेत डिलाे भएको छ। 

बिहान साढे ९ बजे ल्याण्ड हुनुपर्ने जहाज ढिला गरी सिमरा विमानस्थल पुगेको थियो। समस्या आएको जहाज अहिले  मर्मतको काम भइरहेको विमानस्थल कार्यालयले जनाएको छ। 

अहिले काठमाडौंबाट अर्को जहाज लगेर यात्रुलाई काठमाडौं ल्याउने तयारी भएको जनाएको छ।

शुक्रबार​ २२ असोज २०७८ १२:४९ PM मा प्रकाशित

प्रतिक्रिया