बुधबार, कात्तिक ३ २०७८ ०९:४२ AM

×

शुक्रबार सुनको मूल्य प्रतितोला २ सयले बढ्यो

images

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेर ९० हजार ६ सय रुपैयाँ कायम भएको छ । छापावाल सुन बिहीबार प्रतितोला ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुन प्रतितोला  ९० हजार १ सय ५० रुपैयाँमा कारोबार भएको छ  जुन बिहीबार प्रतितोला ८९ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य स्थिर छ  । चाँदी बिहीबार प्रतितोला १ हजार १ सय ७० मा कारोबार भएको थियो भने आज पनि सोही मूल्यमा कारोबार भएको छ  । महासङ्घले अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ ।

शुक्रबार​ २२ असोज २०७८ १२:५३ PM मा प्रकाशित

प्रतिक्रिया