मङ्गलबार, असोज १२ २०७८ ०४:१२ PM

×

मेस्सी र रोनाल्डोविना नै रोमाञ्चकारी हुँदै ला लिगा, विश्लेषक भन्छन्, इतिहास रच्छ

images

काठमाडौं । लियोनल मेस्सीले बार्सिलोना त्यागेपछि ला लिगा लिग धेरै प्रभावित भएको छ । यअसघि २०१८ मा क्रिस्चियानो रोनाल्डोले पनि रियल म्याड्रिड त्याग्दा धेरै परिवर्तनहरु आएका थिए । महत्वपूर्ण खेलाडीहरुले नै क्लब त्यागेर जान थालेपछि यस वर्षको च्याम्पियनमा एटलिटीको म्याड्रिडलाई धेरैले आशाको दृष्टिले हेरेका छन् ।

हालसम्म ला लिगाको टाइटललाई १९८४ मा एथलेटिक बिलबाओपछि बार्सिलोना र रियल म्याड्रिड बाहेक अन्य कुनै टिमले हासिल गर्न सकेको छैन । तर, पछिल्लो दुई सिजनमा एटलिटीको म्याड्रिडले रियल म्याड्रिडलाई दुई पोइन्टले हराएपछि यो टाइटललाई हात पार्ने एटलिटिको म्याड्रिडको सम्भावना प्रवल बनेको छ ।

यसपटकको सिजनमा पनि यो क्लब पुरानै स्वकायड रोड्रिगो डी पौल र म्यार्कोज पाउलोसँग आएको छ । साथै क्लबमा कतिपय पछिल्लो सिजनमा खेलेका लोन प्लेयर्सहरु पनि छन् ।

बार्सिलोनाले आफ्नो सदाबहार महान् खेलाडी मेस्सी र रियल म्याड्रिडले आफ्नो लगातार तेस्रोपटकसम्म लिग जिताउने खेलाडी रोनाल्डो गुमाएपछि यसको प्रभाव दुवै क्लबमा देखिएको छ ।

मेस्सीकै कारणले कोपा डेल रेको ट्रफी हात पारेको बार्सा २००३ पछि पहिलोपटक यस सिजनमा मेस्सीको अनुपस्थितिमा मैदानमा जाँदैछ ।
पुराना वर्चस्वशाली क्लब र खेलाडीहरुको अनुपस्थितिमा यस ला लिगा गेम पृथक तर अत्यन्तै रोमाञ्चकारी हुँदैछ । खेल विश्लेषकहरु यस परिवर्तनले ला लिगामा नयाँ इतिहास रच्ने दाबी गरिरहेका छन् ।

ला लिगा पहिलोपटक डिसहोमको एक्सन स्पोर्टस एचडी टुबाट प्रसारण भइरहेको छ । नेपाली टेलिभिजनको इतिहासमा ला लिगा प्रत्यक्ष प्रशारण भएको यो पहिलोपटक हो ।  

 

बुधबार २३ भदौ २०७८ १२:५२ PM मा प्रकाशित

प्रतिक्रिया