×

मंगलबारदेखि धौलागिरि लघुवित्तको आईपीओमा आवेदन दिन पाइने 

images

काठमाडौं ।  धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडले भोलि साउन २४ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। 

लघुवित्तले सर्वसाधारण लगानीकर्ताको लागि आईपीओ निष्कासन गर्न लागेको हो। लघुवित्तले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्य भएका ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता आईपीओ जारी गर्नेछ।

लघुवित्तले निष्कासन गर्न लागेको कुल ३ लाख ३१ हजार कित्ता सेयरमध्ये ०.५ प्रतिशत अर्थात् ५ हजार १५५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी ३ लाख ८ हजार २९५ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।

लघुवित्तको आईपीओमा छिटोमा साउन २९ गते र ढिलोमा भदौ ७ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्कासन तथा बिक्री प्रवन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ। 

सोमबार २३ साउन २०७९ ०७:२७ AM मा प्रकाशित

प्रतिक्रिया