×

सयपत्री हाइड्रोपावरको आईपीओ मंगलबार बाँडफाँट हुने, ७६ हजार ५८ जनाले मात्र सेयर पाउने

images

काठमाडौं । सयपत्री हाइड्रोपावर प्राथमिक सेयर (आईपीओ) मंगलबार बाँडफाँट हुने भएको छ। 

हाइड्रोपावरको सर्वसाधारण लगानीकर्ताको लागि निष्कासन गरेको आईपीओ मंगलबार बिहान १० बजे बाँडफाँट गर्ने भएको हाे।

हाइड्रोपावरको आईपीओमा १५ लाख २३ हजार ७०३ आवेदनबाट एक अर्ब ७२ करोड ४५ लाख ८ हजार रुपैयाँ बराबरको १ करोड ७२ लाख ४५ हजार ८० कित्ता सेयरको लागि आवेदन परेको छ। 

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित दरको ६ लाख कित्ता सेयरहरुमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाको लागि निष्काशन गरी बाँकी रहेको १ लाख २१ हजार ६० कित्ता सेयर समेत थप गरी जम्मा ७ लाख २१ हजार ६० कित्ता साधारण सेयर निष्कासनमा ल्याएको थियो ।

जसमध्ये ५ प्रतिशत अर्थात् ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ भने २ प्रतिशत अर्थात १४ हजार ४२१ कित्ता कर्मचारीको लागि छुट्याइएको छ । बाँकी रहेको ६ लाख ७० हजार ५८६ कित्ता शेयर मात्रै सर्वसाधारणलाई वितरण हुनेछ ।

कम्पनीको सेयरमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट न्यूनतम १० कित्ताको दरले सेयर वितरण हुनेछ । जस अनुसार ७६ हजार ५८ जनाले सेयर पाउनेछन् । 

सोमबार २३ साउन २०७९ १२:५७ PM मा प्रकाशित

प्रतिक्रिया