सोमबार, जेठ ३१ २०७८ १०:३५ AM

×

सूर्या लाइफ इन्स्योरेन्सको सीईओमा पवन कुमार खड्का

images


काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा पवन कुमार खड्का नियुक्त भएका छन् । 

मंगलबार बिमा समितिले नियुक्तीका लागि  अनुमति दिएसँगै उनी सीईओ भएका हुन् ।

जेठ १३ गते बसेको संचालक समितिको बैठकले खड्कालाई कम्पनीको सीईओमा नियुक्त गर्न बिमा समितिमा प्रस्ताब गरेको थियो। 

खड्कालाई ४ वर्षका लागि सीईमो नियुक्त गर्ने यस अघिनै सञ्चालक समितिले निर्णय गरिसकेको छ ।

व्यवस्थापन विषयमा स्नातकोत्तर र एसीसीए  गरेका खड्का जीवन बीमा क्षेत्रका  अनुभवी व्यक्ति हुन् । खड्काले नेपाल लाइफ इन्स्योरेन्समा  पनि काम गरेका थिए।

 

मङ्गलबार २५ जेठ २०७८ ०४:३५ PM मा प्रकाशित

प्रतिक्रिया