सोमबार, जेठ ३१ २०७८ १०:३९ AM

×

नेपाल भेटेरिनरी एसोसिएसनले सुरु गर्यो पशुपन्छीपालक कृषकहरुलाई हटलाइन सेवा 

images

काठमाडौं । । नेपाल भेटेरिनरी एसोसिएसनले हटलाइन सेवा सुरू गरेको छ। कोरोना भाइसर महामारीका बीचमा पशुपन्छीपालक कृषकहरुले भोग्नु परेका समस्याहरुलाई समाधान गर्न यो सेवा आज (मंगलबार)बाट सुरू गरिएको हो। 

पशुपन्छीपालकमा परेका आकस्मिक समस्या विज्ञबाट समाधान होस  भन्ने आधारमा टोल फ्रि नम्बरमार्फत निरन्तर परामर्शको सुविधा दिन हटलाइन फोन सेवा सुरु गरेको एसोसिएसनले बताएको छ। 

नेपाल सरकारको नियमित पशु सेवा प्रसार पहुँच करिब ३० प्रतिशत कृषककोमा मात्र पुगेको छ । सेवा पाउनबाट बञ्चित दूरदराजको कृषकलाई समेत विज्ञसँग सिधै जोडिदिने एसोसिएनसको विश्वास छ। 

टेलीलिमेडिसिन परामर्श सेवाका निम्ति एसोसिएसनले देशभरिबाट करिब  ३ सय पशु चिकित्सकहरुको सम्पर्क नम्बर सार्वजनिक गरेको छ। यो  सेवा आवश्यकताका अनुसार भिडियो प्रविधिमार्फत पनि हुनेछ।  

पशुपन्छीको स्वास्थ्य, आहारा, प्रजनन, र अन्य व्यवस्थापकीय पक्षसम्बन्धी समस्याको समाधानका लागि आवश्यकता अनुसार ११५९ डायल गरेर निःशुल्क  विज्ञको परामर्श लिन सकिनेछ। 

यो सेवा हाललाई अत्यावश्यक अवस्थामा साका सातै दिन २४ सै घण्टा उपलब्ध गराइएको संघले बताएको छ। 

मङ्गलबार २५ जेठ २०७८ ०२:०४ PM मा प्रकाशित

प्रतिक्रिया