सोमबार, जेठ ३१ २०७८ १०:५३ AM

×

नबिल बैंककाे एटीएम फुटाउने पक्राउ

images

काठमाडौं ।  उदयपुरको सदरमुकाम गाईघाट बजारमा रहेको नबिल बैंकको एटीएम मेसिन फुटाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलयका अनुसार गए राति एक युवकले बैंकभित्र प्रवेश गरी एटीएममा ह्याम्मरले हानेर फुटाउने क्रममा बैंकका गार्डले थाहा पाएपछि म्यानेजरलाई खबर गरेका थिए ।

म्यानेजरले तत्काल प्रहरीमा खबर गरेपछि प्रहरी आइपुग्दा उक्त युवक भागेर बजारतर्फ जाँदै गरेका अवस्थामा प्रहरीले घेरा हालेर पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख भीमप्रसाद दाहालले जानकारी दिए । 

भारत घर बताउने २१ वर्षीय ती युवक बजारकै एक फर्निचर उद्योगमा काम गर्दै आएका थिए । अभियुक्त युवकले बैंकको एटीएम फोरेर कति रकम लगे र त्यसमा को–को संलग्न थिए भन्नेबारे अनुसन्धान सुरु गरिएको छ ।

मङ्गलबार २५ जेठ २०७८ ०३:३३ PM मा प्रकाशित

प्रतिक्रिया