सोमबार, जेठ ३१ २०७८ १२:३० PM

×

६४ मेगापिक्सल क्यामरा भएको रियलमी–८ सार्वजनिक, मूल्य ३५,९९० रूपैयाँ

images

काठमाडौं । चिनियाँ स्मार्टफोन ब्राण्ड रियलमीले रियलमी–८ सार्वजनिक गरेको छ।  साे रियलमी–८ को मुख्य क्यामरा ६४ एमपीको छ। त्यस्तै, ८ एमपीको वाइड एङ्गगल, २ एमपी म्याक्रो र २ एमपी डेप्थ लेन्स दिइएको छ।

फोनमा १६ एमपी सेल्फी क्यामरा छ। सेल्फी प्रोट्रेट क्यामेरामा एआई ब्युटी, प्रोट्रेट मोड र सुपर नाइटस्केप मोड छन्। याे फाेनमा भएको दोहोरो दृश्य भिडियो फिचरले प्रयोगकर्ताका लागि रमाइलो र आकर्षक भिडियो लिन सहयोग गर्छ। 

फोनमा ६.४ इन्च सुपर एमोलेड डिस्प्ले दिइएको छ। त्यस्तै, ५ हजार एमएएच ब्याट्रीका साथ ३० वाट फास्ट चार्ज सुविधा दिइएको छ। यसले ब्याट्रीलाई मात्र ६५ मिनेटमा पूर्णरूपले चार्ज गर्न सघाउँछ। 

याे फाेनको ब्याट्री ४० दिन स्ट्यान्डवाइमा र निरन्तर खेल खेल्दा १० घण्टासम्म टिक्ने कम्पनीले बताएको छ। यसमा रहेको सुपर पावर सेभिङ्ग मोडले ५ प्रतिशत चार्जमात्र रहँदा पनि २ दिनसम्म टिकाउन सक्छ। रियलमी–८ मा विभिन्न एप जस्तैः क्विक फ्रिज, स्लिप स्ट्यान्डवाइ अप्टिमाइजेसन र अन्य ब्याट्री अप्टिमाइजेसन फिचर्सहरु छन्। 

यो ८ जीबी  र्‍याम र १२८ जीबी स्टोरेजमा उपलब्ध छ। यसको बजार मूल्य ३५ हजार ९ सय ९० छ।

मङ्गलबार २५ जेठ २०७८ ०३:०० PM मा प्रकाशित

प्रतिक्रिया