सोमबार, जेठ ३१ २०७८ १२:३९ PM

×

वेडिङसँगै मेडिकल डेस्टिनेसन बनाएर उकास्न सकिन्छ अर्थतन्त्र

images

काठमाडौं । अर्थतन्त्र कसरी माथि उकास्ने भन्ने नै देशको आजको सबैभन्दा ठूलो समस्या हो । अर्थतन्त्र उकास्न निर्यातको भूमिका महत्वपूर्ण रहन्छ र हुनुपर्छ । जबसम्म निर्यात वृद्धि हुँदैन, तबसम्म देशको अर्थतन्त्र माथि जाँदैन । 

नेपालभित्र सामान बेचेर वा किनेर मात्र अर्थतन्त्रमा परिवर्तन हुँदैन । हुन्छ त केवल तपाईंसँग भएको पैसा मसँग आउने र मसँग भएको पैसा तपाईंसँग जाने ।

अहिले दिनानुदिन आयात पनि बढिरहेको छ । यही अवस्था कायम रहे शोधानान्तर स्थिति पनि घाटा जान्छ । शोधानान्तर बचतमा राख्नका लागि अनिवार्य रूपमा निर्यात बढाउनुपर्छ । केही दिनअघि उद्योगपति शशिकान्त अग्रवालको म्यारिज वेडिङ डेस्टिनेसन बनाउन सकिन्छ भन्ने धारणासहितको लेख पढेको थिएँ । त्यो एकदम सही हो । 

अमेरिका, युरोप, जापान, थाइल्यान्डलगायत देशका व्यक्तिहरूले नेपालमा आएर मेडिटेसन पनि गर्न सक्छन् । विश्वका कयौं देशमा देशको हावापानी र नेपालको हावापानीमा आकाश पतालको फरक छ । नेपालको स्वच्छ तथा रमणीय वातावरणलाई पनि स्प्रिचुअल डेस्टिनेसनको रुपमा विकास गर्ने हो भने आम्दानीको स्रोत बन्छ । 

वेडिङ डेस्टिनेसनका लागि संसारमै उपयुक्त मुलुक नेपाल हुन सक्छ । यदि नेपाललाई वेडिङ डेस्टिनेसन बनाउन सकियो भने होटल चल्छ, एयरपोर्ट चल्छ, यहाँका उत्पादनको खपत बढ्छ, रोजगारीका अवसरहरू सिर्जना हुन्छन् । अर्थात वेडिङ डेस्टिनेसन बनाउन सकिएको अवस्थामा अर्थतन्त्रमा बहुआयामिक सकारात्मक असर पर्न सक्छ । 

नेपाललाई वेडिङ डेस्टिनेसनसँगै अन्य नयाँ डेस्टिनेसन बनाउन सकिन्छ । जसले नेपालको अर्थतन्त्रलाई कायापल्ट गर्न सकिन्छ । पहिला डेस्टिनेसनलाई दुई भागमा विभाजन गरौं । 

एउटा डेस्टिनेसनलाई सरकारले सहजीकरण, र प्रचार–प्रसार बाहेक केही गर्न नपर्ने । अर्को सरकारको लगानीमा पूर्वाधार निर्माण गरेर डेस्टिनेसन बनाउने । 

अब चर्चा गरौं, सरकारको बिना लगानीमै प्रवद्र्धन गर्न सकिने डेस्टिनेसनको बारेमा । 

यसलाई सरकारले सहजीकरण गरेर उक्त सेवा लुम्बिनीमा उपलब्ध गराउने हो भने त्यहाँबाट पनि मनग्य आम्दानी गर्न सकिन्छ । बुद्ध जन्मिएको माटोमा आफ्नो बच्चा जन्माउने व्यवस्था गर्ने हो भने उ सर्वश्व दिन तयार हुन्छ । त्यो फाइदा हामीले किन नलिने ? 

सरकारको लगानीबिनै प्रवद्र्धन गर्न सकिने एउटा डेस्टिनेसन हो– मेडिकल टुरिजम । सरकारले मेडिकल टुरिजमलाई प्रवद्र्धन गर्न सके राजस्वको नयाँ क्षेत्रको पहिचान हुनुका साथै देशभित्र विदेशी मुद्रासमेत आर्जनसमेत हुन्छ । 

मेडिकल टुरिजम भनेको विदेशबाट नेपालमा आएर उपचार गराउने हो । नेपालमा यस्ता यस्ता प्रख्यात डाक्टरहरू छन्, जो अहिले पनि विदेशीको उपचारमा अहोरात्र खटिरहन्छन् । विश्वका प्रख्यात विश्वविद्यालयबाट पढेर आएका छन् र उनीहरूका ग्राहक पनि विदेशी नै छन् ।

विदेशी नागरिक नेपाल आउँछन्, यहाँका प्रख्यात डाक्टरसँग उपचार गराउँछन् र फर्किने गरेका छन् । त्यसरी ठूलो संख्यामा विदेशीलाई नेपालमा उपचारका लागि ल्याउन सरकारले केही सहजीकरण, केही कुरामा छुट मात्रै दिए पुग्छ । 

उदाहरणका लागि कुरा गरौं, विदेशमा दाँतको उपचार धेरै महँगो छ । वरिष्ठ दन्तरोग विशेषज्ञ नील पाण्डेसँग आफूले दाँतको उपचार गराउने क्रममा उनले भनेको कुरा मलाई याद छ –(आरसीटी) रुट क्यानल ट्रिटमेन्ट विदेशमा जसरी गरिन्छ, नेपालमा पनि त्यही प्रविधिमा त्यही सुविधासहित गरिन्छ । लन्डनमा जसरी त्यसको उपचार हुन्छ, नेपालमा पनि सोही तरिकाबाट उपचार हुन्छ । 

तर, त्यहाँ र यहाँ फरक छ त केवल शुल्कको । त्यति उपचार गर्न लन्डनमा जुन खर्च लाग्छ, त्यो खर्चले उक्त बिरामी नेपाल आएर १५ दिन होटलमा बस्न, नेपालका विभिन्न ठाउँको भ्रमण अवलोकन गर्न सक्छ । दाँतको उपचार दिनका दिन हुँदैन । पहिलो उपचारपछि डाक्टर दुई दिनपछि बोलाउँछ । उपचार नभएको दिन उनीहरू नेपालका विभिन्न ठाउँको अवलोकनमा निस्किन सक्छन् । त्यहाँबाट पनि ठूलो आम्दानी लिन सकिन्छ । 

विश्वको तुलनामा नेपालमा हेयर ट्रान्सप्लान्टको उपचार सस्तो छ । यसलाई सरकारले केही सहजीकरण गर्ने बित्तिकै नेपालमा हेयर ट्रान्सप्लान्ट हब बन्न सक्छ । 

पाण्डेसँग यस्ता बिरामी छन्, जो महिना दिनसम्म नेपाल आएर बस्छन्, आफ्नो दाँतको उपचार गराउँछन्, नेपाल घुमघाम पनि गर्छन् । फर्किन्छन् । अझ कतिपय त आफ्ना परिवारसहित नेपाल आउने गरेका छन् । 

पाण्डे बेलायतबाट अध्ययन गरेर फर्किएका डाक्टर हुन् । उनको सबै ग्राहक बेलायतकै छन् । उनी एउटा प्रतिनिधि पात्र मात्रै हुन् । विदेशमा सबैभन्दा महँगो उपचार भित्र पर्छ– हेयर ट्रान्सप्लान्ट । हेयर ट्रान्सप्लान्ट पनि संसारभर फस्टाउँदै गएको नयाँ व्यवसाय हो । आफू सुन्दर बन्न सबैलाई इच्छा हुन्छ ।

तर, पछिल्लो समय कपाल झर्ने समस्याबाट संसारभरमा मानिसहरू पीडित बनेका छन् । यसका बिरामी पनि दिनहुँ बढिरहेका छन् । यसको ट्रान्सप्लान्ट पनि अत्यधिक महँगो हुन्छ । 

विश्वको तुलनामा नेपालमा हेयर ट्रान्सप्लान्टको उपचार सस्तो छ । यसलाई सरकारले केही सहजीकरण गर्ने बित्तिकै नेपालमा हेयर ट्रान्सप्लान्ट हब बन्न सक्छ । 

नेपालमा विगत लामो समयदेखि हेयर ट्रान्सप्लान्ट गर्दै आइरहेका डा. प्रमोद अग्रवाल भन्छन्, ‘सरकारले केही सहजीकरण गरिदिने हो भने नेपालमा यस्ता बिरामीको ओइरो लाग्ने र त्यसले अर्थतन्त्रमा ठूलो टेवा पुग्ने देखिन्छ ।’ 

नेपाललाई रेगुलर उपचार (क्यान्सर, मुटु, टिबी) को हब बनाउन सकिँदैन । त्यो सम्भव पनि छैन, विदेशीसँग प्रतिस्पर्धा पनि गर्न सकिँदैन । त्यस्ता उपचार नेपालमा भन्दा विदेशी गुणस्तरीय छ । 

तर, दाँत, हेयर ट्रिटमेन्ट, कस्मेटिक सर्जरीका लागि नेपाललाई विश्वकै उपयुक्त गन्तव्य बनाउन सकिन्छ । भारतमा वा अन्य देशमा एक जनाको कपाल ट्रान्सप्लान्ट गर्यो भने १५ हजार डलरभन्दा बढी लाग्छ । त्यही काम नेपालमा ५ हजार डलरमा हुन्छ ।

नेपाली डाक्टरले दिने सेवा विदेशको भन्दा कुनै पनि हिसावले कम छैन । विदेशमै पढ्नु साथै तालिम लिएर आएका डाक्टरहरूले उपचार गरिरहेका छन् । 

यसलाई संसारभर मेडिकल टुरिज्म भनिन्छ । एउटा उपचार पनि हुन्छ भने अर्कोतिर पर्यटन प्रवद्र्धन पनि हुन्छ । प्रायजसो देशमा दाँत, कस्मेटिक, हेयर ट्रान्सप्लान्टलगायतको उपचार विदेशमा महँगो छ । तर, नेपालमा त्यस्तो महँगो छैन् । 

हेयर ट्रान्सप्लान्टको आम्दानीबाट उठ्ने राजस्व भारत सरकारले राम्रोसँग बुझेको छ । त्यही भएर भारतले त्यहाँका व्यवसायी प्रवद्र्धन गरिरहेको छ । भारतमा हेयर ट्रान्सप्लान्टका धेरै बिरामी युरोप, अमेरिका, मध्यपूर्वका देशबाट आउने गरेका छन् । 

त्यसका अलावा, टर्की सरकारको मुख्य आम्दानीको स्रोत भनेकै हेयर ट्रान्सप्लान्टबाट उठ्ने राजस्व हो । टर्कीमा पनि विश्वका कयौं मुलुकबाट हेयर ट्रान्सप्लान्ट गर्न आउँछन् । 

भारत तथा टर्कीले यसमा सम्भावना देखेका छन् भने नेपालले पनि सम्भावना देख्न सक्नुपर्छ । ती मुलुकले गर्न सक्छ भने हामीले पनि गर्न सक्छौं । यसमा राज्यको ठूलो खर्च केही हुँदैन । 

नेपालको ब्युटी विदेशीहरूको पहिलो रोजाइ बनेको छ । यदि नेपालले पनि हेयर ट्रान्सप्लान्ट हब बनाउन सकेको अवस्थामा उनीहरूको रोजाई नेपाल नै हुन सक्छ । 

त्यसैगरी अर्को ठूलो सम्भावना भएको क्षेत्र हो– कस्मेटिक सर्जरी । हेयर ट्रान्सप्लान्ट गर्ने डाक्टरले कस्मेटिक सर्जरी पनि गर्छ । विदेशममा कस्मेटिक सर्जरी पनि महँगो छ । खासगरी, तीनवटै उपचार विदेशमा अत्यधिक महँगो छ । तर, त्यही उपचारका लागि विदेशीलाई नेपालमा आकर्षित गर्ने सकेमा नेपाल जस्तो सानो अर्थतन्त्र भएको मुलुकले छिट्टै फड्को मार्न सक्छ । 

त्यसैगरी अर्को सम्भावना भएको क्षेत्र हो– आईभीएफ । वर्तमान दिनचर्याका कारण जसरी कपाल झर्ने समस्या छ, त्यसैगरी बच्चा नहुने समस्या पनि बढ्दो छ । यो उपचार पनि विदेशमा अत्यधिक महँगो छ ।

सबैभन्दा महत्वपूर्ण पक्ष के हो भने यस्ताखाले उपचारहरूको संसारका धेरै मुलुकमा स्वास्थ्य बिमाले कभर गर्दैन । सिधा स्वास्थ्यसँग सरोकार राख्ने नभएकाले यसको बिमा गरिँदैन । विदेशमा हरेक रोगको उपचार भए पनि स्वास्थ्य बिमाले कभर गर्छ । बिमाबाट आउने रकमले बिरामीलाई ठूलो राहत मिल्छ ।

यदि नेपाललाई आईभीएफको हब बनाउन सकियो भने नेपाललाई झन किन फाइदा छ भने दुई÷तीन महिनासम्म यही बस्नुपर्छ । घरिघरि आउन जान सम्भव हुँदैन । त्यो बेलासम्म यही बस्नुपर्यो, यही खानुपर्यो । सरकारले यसलाई पनि प्रवद्र्धन गर्न सके आर्थिक रुपमा देशलाई माथि लैजान सकिन्छ । 

त्यसैगरी, विश्वका बुद्ध धर्मालम्बीहरूको आस्थाको केन्द्र धरोहर लुम्बिनी नेपालमा छ । नेपालका लागि पनि यो गौरवको कुरा हो । बैंककबाट मेरा एक जना व्यापारी साथी नेपाल आएका थिए । उनी नेपालको एयरपोर्टमा ओर्लने बित्तिकै लुम्बिनी कहिले जाने, लुम्बिनी कहिले जाने भनिरहे । लुम्बिनी भनेको ती व्यापारीका लागि सर्वस्व थियो । मैले त्यही दिन महसुस गरे एउटा बुद्ध धर्मालम्बीलाई लुम्बिनीको महत्व कति छ भनेर । 

यदि सरकार आफैंले वा निजी क्षेत्रलाई प्रोत्साहित गरेर अत्यधिक सुविधासम्पन्न बच्चा जन्माउने अस्पताल मात्रै बनायो संसारभरका बुद्धधर्मालम्बीहरू त्यहाँ आउँछन् । एउटा बुद्ध धर्मालम्बीलाई आफ्नो बच्चा बुद्ध जन्मिएको ठाउँमा जन्माउन पाए, त्योभन्दा ठूलो आत्मशान्ति केही मिल्दैन ।

यसलाई सरकारले सहजीकरण गरेर उक्त सेवा लुम्बिनीमा उपलब्ध गराउने हो भने त्यहाँबाट पनि मनग्य आम्दानी गर्न सकिन्छ । बुद्ध जन्मिएको माटोमा आफ्नो बच्चा जन्माउने व्यवस्था गर्ने हो भने उ सर्वश्व दिन तयार हुन्छ । त्यो फाइदा हामीले किन नलिने ? 

यसलाई संसारभर मेडिकल टुरिज्म भनिन्छ । एउटा उपचार पनि हुन्छ भने अर्कोतिर पर्यटन प्रवद्र्धन पनि हुन्छ । प्रायजसो देशमा दाँत, कस्मेटिक, हेयर ट्रान्सप्लान्टलगायतको उपचार विदेशमा महँगो छ । तर, नेपालमा त्यस्तो महँगो छैन् । 

सबैभन्दा महत्वपूर्ण पक्ष के हो भने यस्ताखाले उपचारहरूको संसारका धेरै मुलुकमा स्वास्थ्य बिमाले कभर गर्दैन । सिधा स्वास्थ्यसँग सरोकार राख्ने नभएकाले यसको बिमा गरिँदैन । विदेशमा हरेक रोगको उपचार भए पनि स्वास्थ्य बिमाले कभर गर्छ । बिमाबाट आउने रकमले बिरामीलाई ठूलो राहत मिल्छ ।

तर, माथि उल्लिखित उपचार गर्दा स्वास्थ्य बिमाले कुनै पनि दायित्व बहन गर्दैन । जब बिमाबाट कभर हुँदैन, तब त उनीहरूका लागि सबैभन्दा राम्रो मुलुक नेपाल नै हुन सक्छ । विदेशकै सरह सुविधा दिएर २५ प्रतिशत लागतमा उपचार गर्ने हो भने डाक्टरको आम्दानी बढ्नुसँगै राज्यले पाउने राजस्व पनि बढ्यो ।  

नेपालभित्र सामान बेचेर वा किनेर मात्र अर्थतन्त्रमा परिवर्तन हुँदैन । हुन्छ त केवल तपाईंसँग भएको पैसा मसँग आउने र मसँग भएको पैसा तपाईंसँग जाने ।

त्यसैगरी, नेपाललाई स्प्रिचुअल डेस्टिनेसनका रूपमा विकास गर्न पनि सम्भव छ । नेपालमा यस्ता यस्ता गुम्बा तथा शान्त ठाउँहरू मात्रै छैनन्, बुद्ध धर्मालम्बीहरूको संख्या बढिरहेको छ । नेपालको हावापानी संसारकै सबैभन्दा उत्कृष्ट छ ।

अमेरिका, युरोप, जापान, थाइल्यान्डलगायत देशका व्यक्तिहरूले नेपालमा आएर मेडिटेसन पनि गर्न सक्छन् । विश्वका कयौं देशमा देशको हावापानी र नेपालको हावापानीमा आकाश पतालको फरक छ । नेपालको स्वच्छ तथा रमणीय वातावरणलाई पनि स्प्रिचुअल डेस्टिनेसनको रुपमा विकास गर्ने हो भने आम्दानीको स्रोत बन्छ । 

(लेखक शाह प्रेष्टिज ग्रुपका कार्यकारी निर्देशक तथा एफएनसीसीआईको उद्योग समितिका सदस्य हुन् )
 

मङ्गलबार २५ जेठ २०७८ ०८:३६ PM मा प्रकाशित

प्रतिक्रिया