सोमबार, जेठ ३१ २०७८ १२:२५ PM

×

ई–कमर्सको पक्षमा सर्वोच्चको निर्णय, निषेधाज्ञामा सेवा नरोक्नु

images


काठमाडौं । सर्वोच्च अदालतले निषेधाज्ञाको बेलामा ई–कमर्सलाई नरोक्न अन्तरिम आदेश जारी गरेको छ ।

स्पष्ट कानुन भएकै कारण निषेधाज्ञाको बेला अनलाइन माध्यमबाट खरिद, बिक्री तथा होम डेलिभरीको ई–कमर्सको सेवा प्रदान गर्ने कम्पनीहरुलाई प्रशासनले रोक लगाएपछि सर्वोच्चमा मुद्दा परेको थियो ।

सोमबार न्यायाधीश सपना मल्ल र कुमार चुँडालको संयुक्त इजलासले ‘अनलाइन माध्यमबाट खरिद, बिक्री तथा होम डेलिभरीको ई–कमर्सको सेवा प्रदान गर्ने कम्पनीहरुलाई प्रस्तुत मुद्दाको अन्तिम किनारा नभएसम्मको लागि सेवा प्रदान गर्ने काम रोक्ने कार्य नगर्ने’ आदेश जारी गरेको हो ।

आदेशसँगै अब अनलाइनमार्फत बुकिङ गरेर आफूलाई चाहिने सामान घरमा मगाउन सकिनेछ ।

गत वर्षको बन्दाबन्दीमा पनि प्रशासनले बेला बेलामा होम डेलिभरि गर्नेहरुलाई धरपकड गरेको थियो । त्यो बेला चौतर्फी विरोध भएपछि प्रशासनले ई–कमर्सलाई सहज रुपमा सेवा दिन बाटो खुला गरेको थियो ।

यस्तो छ आदेश

 

सोमबार २४ जेठ २०७८ ०६:०८ PM मा प्रकाशित

प्रतिक्रिया