काठमाडौं । निरन्तर बढी रहेको सेयर बजारमा सोमबार ब्रेक लागेको छ । सोमबार बजार ०.२१ प्रतिशतले घटेर नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २९०६.७० अंकमा झरेको छ । आइतबार बजार ५० अंकले उचालिएर नेप्से २९०७ नजिक पुगेको थियो ।
बजार घटेपछि कारोबार रकममा पनि गिरावट आएको छ । सोमबार १५ अर्ब ८१ करोड ८६ लाख रुपैयाँको सेयर किनबेच भएको छ । आइतबार १७ अर्ब २७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।
यो पनि हेर्नुहोस
लगानीकर्ता बैंकमा आकर्षित, सूचक र कारोबार ‘अलटाइम हाइ’
सोमबार नेपाल रि–इन्स्योरेन्स कम्पनी लिमिटेडको सबैभन्दा बढी कारोबार भएको छ । नेपाल रिको प्रतिकित्ता १९०१ मा ६२ करोड १७ लाख रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै नेपाल इन्फास्ट्रक्चर बैंक (निफ्रा) को ५७२ मा ४६ करोड ६२ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
सोमबार विकास बैंक, वित्त, जलविद्युत, निर्जीवन अन्य, जीवन बिमा र म्युचअल फण्ड उपसूचक वृद्धि भएको छ भने बैंक, व्यापार, होटल तथा टुरिज्म, उत्पादन, लघुवित्त र लगानी उपसूचकमा गिरावट आएको छ ।
३ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यस्तै १४ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशत माथि बढेको नेप्सेले जनाएको छ ।