सोमबार, माघ ३ २०७८ ०९:२४ AM

×

पोखरामा १५ करोड लगानीमा खुल्यो अत्याधुनिक आभ्या क्लब, जिमसहित रेष्टुरेन्ट र योगा हल पनि 

images

पोखरा । पोखराको घारीपाटनमा अत्याधुनिक फिटनेससहितको आभ्या क्लब सञ्चालनमा आएको छ । क्लबले शुक्रबार पोखरामा प्रेसमिट गर्दै क्लबको बारेमा जानकारी दिएको हो । 

स्वाथ्य तन्दुरुस्ती र लोकहितका लागि भन्दै आभ्या क्लबले २० रोपनी जग्गामा क्लब स्थापना गरेको हो । सुरुमा १५ करोड लगानी गरिएको क्लबमा सुविधा थप्दै गएपछि लगानी पनि बढ्दै जाने क्लबले जनाएको छ । 

क्बलमा पोखराको व्यावसायिक घराना केसी गु्रपका साथै निरज लामा र वरुण खड्काको पनि लगानी रहेको छ । 

११०००० वर्गफिटको क्षेत्रमा पैmलिएको क्लबभित्र अत्याधुनिक र सुविधासम्पन्न फिटनेस मेसिनहरु उपलब्ध छन् । मनमोहक हिमदृश्य अवलोकन गर्न सकिने ‘आभ्या क्लब’ भिन्न भिन्न जीवन शैलीमा रमाउनेहरुका लागि उपयुक्त गन्तव्य हुने क्लबले जनाएको छ । 

५ देखि ८० वर्षसम्मका मानिसहरुलाई लक्षित गरी क्लब स्थापना गरिएको क्लबले जनाएको छ । क्लबमा जीमसहित स्पा, साउना, स्टिम, टेनिस कोर्ट, स्विमिङ पुल, रेष्टुरेन्ट, योगा हललगायतको सुविधा उपलब्ध छ । कार्यक्रम गर्नका लागि क्लबमा कन्फ्रेन्स हल पनि उपलब्ध रहेको छ । त्यस्तै क्लबमा बालमैत्री शौचालय, स्नान कक्ष, क्रिडास्थल र सुरक्षण कक्षको व्यवस्था छ । 

‘हामी परिवारमैत्री वातावरणमा सेवा दिन तयार छौ’ क्लबका महाप्रबन्धक निरज लामाले भने, ‘व्यक्ति वा परिवार हामी समान रूपमा स्वागत गर्छौं । 

हामीले शारीरिक अभ्यास मात्र होइन मन र आत्माको समेत शुद्धतासहित स्वास्थ्य सुदृढ बनाउन जोड दिन सके मानव पूर्ण रूपमा स्वस्थ हुन्छ भन्ने मान्यतासहित नेपालको सुन्दर नगरी पोखरामा ‘आभ्या क्लब’ स्थापित गरेको उनले बताए ।

क्लबका अर्का सञ्चालक किरण केसीले मानसिक स्वास्थ्यको सबलीकरणमा पोखराका बासिन्दालाई स्वस्थ भोजन, ध्यान, योग जस्ता सेवा प्रदान गर्ने बताए । 

‘पोखरामा ‘आहा गोल्ड कप’ पनि सञ्चालित हुने गर्छ । खेलाडीहरूको शारीरिक मानसिक सबलीकरणमा समेत सहयोग पुगोस् भन्ने हाम्रो चाहना र लक्ष्य हो’ उनले भने ।

क्लबले फिजियोथेरापी, रिह्याभिलिटेसन प्रोग्राम पनि सञ्चालन गर्ने योजना बनाएको छ । 
 

शुक्रबार​ २३ पुस २०७८ ०५:५३ PM मा प्रकाशित

प्रतिक्रिया