×

जजिरा एयरवेजले कुवेत–भैरहवा सातामा सातै दिन उडान गर्ने

images

काठमाडौं । जजिरा एयरवेजले कुवेत–भैरहवा सातामा सातै दिन उडान गर्ने अनुमति पाएको छ । नागरिक उड्डयन प्राधिकरणले सोमबार जजिरालाई सातै दिन उडान गर्ने अनुमति दिएको हाे । 

एयरवेजले आगामी सेप्टेम्बर १६ तारिख (भदौ ३१) गतेदेखि  भैरहवाकाे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सातामा सातै दिन उडान गर्ने अनुमति पाएको हो। 

हाल जजिराको एयरबस ३२० निओले सोमबार, मंगलबार र शुक्रबार गरी सातामा तीन उडान गरिरहेको छ। 

कुल एक सय ७४ यात्रु क्षमता भएको जहाजमार्फत दैनिक एक सय ५० जना भैरहवाबाट कुवेत उडिरहेका छन्। कुवेतबाट भैरहवा आउनेको संख्या सय जना हाराहारीमा छ।

चाडपर्व नजिकिदैं गरेकाले यात्रु अकुपेन्सी बढेको र उडान संख्या थपेको एयरवेजले जनाएकाे छ । एयरवेजका सञ्चालन प्रमुख संगीता रौनियारका अनुसार रोजगारीमा गएकाहरू दशैं तिहारमा घर फर्किने भएकाले पनि त्यसलाई लक्षित गरी उडान थपिएको छ । 

जेठ २ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिराले मात्र अन्तर्राष्ट्रिय उडान गरिरहेको छ।

मङ्गलबार २१ भदौ २०७९ ०४:४५ PM मा प्रकाशित

प्रतिक्रिया