सोमबार, जेठ ३१ २०७८ १२:४९ PM

×

सरकारले चाहे ‘डेस्टिनेसन वेडिङ’ का लागि नेपाल संसारकै उत्कृष्ट गन्तव्य बन्छ

images

विश्वका अधिकांश मुलुक यति बेला कोभिड–१९ को चपेटमा गुज्रिरहेको छ । केही मुलुकहरूले कोभिड विरुद्धको भ्याक्सिन तयार पारेर धमाधम आफ्ना नागरिकहरूलाई लगाइरहेका छन् । उत्पादन नगर्ने मुलुकहरूले उत्पादन गर्ने मुलुकसँग खरिद गरेर भ्याक्सिनलाई प्राथमिकतामा राखेका छन् । छिमेकी मुलुक भारत र चीनले पनि आफ्ना नागरिकहरूलाई दु्रत गतिमा खोप लगाउँदै आएका छन् । 

कोभिडपछिको जनजीवन सहज बनाउने भनेकै अब भ्याक्सिनले हो । अर्थतन्त्रका सबै आयामहरूलाई गतिशील बनाउनका लागि एक मात्र विकल्प अहिले भ्याक्सिन नै देखिएको छ । नेपालले पनि विभिन्न मुलुकले अनुदानमा दिएको खोप लगाउँदै आइरहेको छ र आफैं पनि किन्ने तयारी गरिरहेको छ ।

सबै नागरिकलाई निःशुल्क खोपको व्यवस्था गर्ने सरकारी घोषणासँगै केही लाख मानिसले दुवै चरणका खोपहरू लगाइसकेका छन् । खोपको विकास भएसँगै कोमामा पुगेको पर्यटन क्षेत्र फेरि जुर्मुरिन्छ भन्ने आशा र अपेक्षा धेरैले गर्न थालेका छन् । 

नेपालले पनि विस्तारै खोपको मात्रा बढाउँदै गएको हुँदा यहाँका पर्यटन व्यवसायीहरूले पनि केही सुखद अनुभूतिहरू लिन थालेका छन् । जुन स्वाभाविक पनि हो । करिब २ वर्षदेखि ठप्प रहेको पर्यटन क्षेत्रमा विश्वमा विकसित भएको खोपसँगै नयाँ आशा पलाएको छ ।

तर, हामीले अब पनि फेरि पुरानै शैलीमा भन्दा नयाँ र युनिक प्रडक्टमार्फत नेपालमा पर्यटक भित्र्याउन आवश्यक हुन्छ । किनभने विश्वभर नै कोभिडको असर परेको र अर्थतन्त्रको मूलजडनै पर्यटन भएकाले विकसित मुलुकहरूले विभिन्न अफरहरू ल्याइरहेका छन् । कोभिडकैबीच दुबई, माल्दिभ्समा पर्यटक लक्षित योजना ल्याएर पर्यटक भित्र्यायो । 

अहिले पनि केही पर्यटकीय मुलुकहरूले विभिन्न अफरहरू ल्याउन सुरु गरिसकेका छन् । त्यसैले नेपालले पनि कोभिडको भ्याक्सिन लगाएपछि पर्यटकहरूलाई यहाँ कसरी आकर्षण गर्ने र उनीहरूलाई कस्ता–कस्ता छुटहरू दिने भन्ने विषयमा सरकारी र निजी क्षेत्रले बहस गरेर निर्णयमा पुग्ने बेला आइसकेको छ ।

कोभिडपछिको जनजीवन सहज बनाउने भनेकै अब भ्याक्सिनले हो । अर्थतन्त्रका सबै आयामहरूलाई गतिशील बनाउनका लागि एक मात्र विकल्प अहिले भ्याक्सिन नै देखिएको छ । नेपालले पनि विभिन्न मुलुकले अनुदानमा दिएको खोप लगाउँदै आइरहेको छ र आफैं पनि किन्ने तयारी गरिरहेको छ ।सबै नागरिकलाई निःशुल्क खोपको व्यवस्था गर्ने सरकारी घोषणासँगै केही लाख मानिसले दुवै चरणका खोपहरू लगाइसकेका छन् । खोपको विकास भएसँगै कोमामा पुगेको पर्यटन क्षेत्र फेरि जुर्मुरिन्छ भन्ने आशा र अपेक्षा धेरैले गर्न थालेका छन् । 

सरकारले केही समय अघि मात्र नेपाल आउने पर्यटकहरूका लागि १ महिनासम्मका लागि भिसा शुल्कमा छुट दिने निर्णय गरिसकेको छ । १ महिनाको भिसा शुल्क छुटले मात्र पर्यटकहरू नेपालमा आकर्षित गराउनलाई पर्याप्त हुँदैन । त्यसका लागि नेपालले केही नयाँ अभियान सुरु गर्न आवश्यक छ । राष्ट्रिय स्तरबाट अभियान सुरु गरेर अन्तर्राष्ट्रिय रूपमा प्रचार गर्न जरुरी छ ।

एउटा अभियान ‘डेस्टिनेसन वेडिङ’ हुनसक्छ । काठमाडौं ‘डेस्टिनेसन वेडिङ’का लागि संसारको सबैभन्दा उत्कृष्ट गन्तव्य बन्न सक्छ । यहाँको सुन्दरता र वातावरणलाई मध्यनजर गरी विवाहका लागि हबका रूपमा काठमाडौंलाई विकास गर्नतर्फ कसैले ध्यान दिएको पाइँदैन । विवाह गर्न कै लागि आउने शैली बढ्यो भने यसको प्रचार र प्रसारले अरू पर्यटक पनि तानिन्छन् । 

अहिले नेपालीहरू पनि दुबईलगायतका मुलुकमा पुगेर विवाह गर्ने प्रचलन बढिरहेको छ । तर, हामीले बाहिरबाट यहाँ ल्याउन पहल गरिरहेका छैनौं । ‘डेस्टिनेसन वेडिङ’ को हब बनाउनका लागि निजी क्षेत्रले मात्र होइन, सरकारी स्तरबाट पनि पर्याप्त मात्रामा सहयोग पुग्न आवश्यक छ । थाइल्याण्डको कुरा गर्दा त्यहाँ अन्तर्राष्ट्रिय रूपमा नै प्रख्यात इभेन्ट म्यानेज गर्ने व्यक्ति र कम्पनी छन् ।

त्यस्ता कम्पनी र व्यक्तिलाई त्यहाँको सरकारले महत्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी) जस्तैको दर्जा दिएको छ । उनीहरू त्यहाँ सबै मन्त्रीहरूसँग राम्रो पहुँच छ भने त्यहाँका विमानस्थललाई आज मेरो यस्तो खालको पाहुनाहरू आउँदैछन् भनेपछि त्यसभित्र विशेष खालको स्वागत र झकिझकाउ विमानस्थल आफैंले गरिदिन्छ । किनभने त्यो व्यक्ति र कम्पनीले त्यो देशमा डेस्टिनेसन वेडिङका लागि ठूलो बिजनेस ल्याएको हुन्छ ।

यस विषयमा नेपालमा पनि धेरै पटक कुरा चलेको छ । विमानस्थल प्रमुखहरूसँगको छलफलमा पनि अध्यागमनमा एउटा विशेष डेक्स बनाउने, बेहुला–बेहुलीलाई विमानस्थलको तर्फबाट स्वागत गर्ने कार्यक्रम मात्र राखिदिने हो भने पनि पाहुनाहरूलाई ठूलो प्रभाव पर्छ ।
त्योसँगै ‘वेडिङ डेस्टिनेसन’का लागि आउनेहरूलाई केही मात्रामा ट्याक्स छुट गर्नेदेखि विमानस्थलको तर्फबाट एउटा गाडीसम्मको व्यवस्था गर्ने वातावरण मिलाउन सकियो भने धेरैलाई प्रभावित र आकर्षित गराउन सकिन्छ ।

१९९५ तिर न्युजिल्याण्डमा पर्यटनको प्रचार गर्नका लागि ठूला भारतीय फिल्म निर्माताहरूलाई बोलाएर न्युजिल्याण्डमा फिल्म सुटिङ गर्ने प्रस्ताव राख्दै सुटिङ गर्नेलाई होटलमा छुट, आन्तरिक हवाई खर्चको जिम्मासमेत लिने अफर दिइएको थियो ।  होटलमा ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको थियो ।

हामीले अब पनि फेरि पुरानै शैलीमा भन्दा नयाँ र युनिक प्रडक्टमार्फत नेपालमा पर्यटक भित्र्याउन आवश्यक हुन्छ । किनभने विश्वभर नै कोभिडको असर परेको र अर्थतन्त्रको मूलजडनै पर्यटन भएकाले विकसित मुलुकहरूले विभिन्न अफरहरू ल्याइरहेका छन् । कोभिडकैबीच दुबई, माल्दिभ्समा पर्यटक लक्षित योजना ल्याएर पर्यटक भित्र्यायो । 

त्योसँगै भिसा शुल्क छुटदेखि अरू करहरूसमेत छुट गराएपछि त्यो बेलामा न्युजिल्याण्डमा १० वटाभन्दा बढी भारतीय फिल्मको सुटिङ भएको थियो । त्यसपछि त्यहाँ भारतीय पर्यटकहरूको ओइरो लागेको थियो । आफंैमा सुन्दर रहेको न्युजिल्याण्डलाई धेरै भारतीयहरूले मनपराएकै कारण लाखौंको संख्यामा त्यहाँ घुम्न गएका थिए । न्युजिल्याण्डले सिनेमा टुरिजमका रूपमा विस्तार गर्न सफल भयो ।

न्युजिल्याण्डको सिनेमा टुरिजमको मोडललाई नेपालले पनि आत्मासाथ गर्न सक्छ । नेपालमा पनि फिल्म सुटिङका लागि बोलाउन सकिन्छ । हिन्दी फिल्मलाई सुटिङ गर्न नेपालमा आउनका लागि राम्रा प्रस्ताव राख्न सकिन्छ, विमानस्थलसम्म आउने खर्च तिम्रो र त्यसपछि कहाँ जानुपर्ने हो त्यहाँसम्मको भाडा सबै हाम्रो भयो, होटलको खर्च पनि हामीनै बेहोरिदिन्छौं भन्ने सन्देश दिन सकियो भने प्रचारका लागि अरू खर्च गरिराख्नु नै पर्दैन । हिन्दी फिल्मका लागि पोखरा, मनाङ, मुस्ताङ, लाङटाङ, लुक्लालगायतका स्थानहरूमा उनीहरूलाई लैजान सकिन्छ । 

त्योसँगै उनीहरूलाई आवश्यक सुरक्षाको प्रबन्ध र सुविधाहरू मात्र बढाउन सकियो भने धेरै हिन्दी फिल्महरू यहाँ सुटिङ गराउन सकिन्छ । त्यसपछि भनेको नेपालमा भारतीयसहित विश्वका धेरै मुलुकका पर्यटकहरू सहजै रूपमा आउन थाल्छन् । सरकारले विभिन्न समयमा नेपाल भ्रमणका लागि बनाउने कार्यक्रमहरूभन्दा फिल्ममा देखाइएका दृश्यहरू धेरै प्रभावकारी हुन्छ ।

दिल्लीबाट नेपालको हवाई भाडा भारतीय मुद्रा २० हजारभन्दा बढी पर्छ । तर, कोलकाताबाट थाइल्याण्ड जाने हो भने रिर्टन टिकटसहित ९ हजार र दिल्लीबाट १३ हजार भारतीय रुपैयाँ छ । अनि किन नेपालमा आउनुपर्यो त । नेपालको प्रशासन संयन्त्र र राजनीतिक दलहरूले कताको असरले कहाँ के हुन्छ भन्ने विश्लेषण नै गरेको पाइँदैन । हवाई टिकटको मूल्य बढेकै कारण धेरै पर्यटकहरू नेपालमा आउन चाहँदैनन् । 

त्यति मात्र होइन, फिल्म सुटिङका लागि धेरै सामानहरू लिएर आउनुपर्छ । ती उपकरणहरूलाई निर्वाध रूपमा आउन दिने र धरौटी राख्न नपर्ने व्यवस्था मात्र गरियो भने पनि धेरै सहज हुन्छ । 

नेपालमा केही समय अघि हायात र सोल्टी होटलमा विवाहका लागि बाहिरी मुलुकबाट आएका थिए । तर, नेपालमा जहाज चार्टर्डको भाडा र जहाज भाडानै धेरै महँगो पर्ने र अरू केही सुविधाहरू नपाउने भएकाले अन्य मुलुकमा त्यस्ता समूहको रोजाई परेको हो । 

दिल्लीबाट नेपालको हवाई भाडा भारतीय मुद्रा २० हजारभन्दा बढी पर्छ । तर, कोलकाताबाट थाइल्याण्ड जाने हो भने रिर्टन टिकटसहित ९ हजार र दिल्लीबाट १३ हजार भारतीय रुपैयाँ छ । अनि किन नेपालमा आउनुपर्यो त । नेपालको प्रशासन संयन्त्र र राजनीतिक दलहरूले कताको असरले कहाँ के हुन्छ भन्ने विश्लेषण नै गरेको पाइँदैन । हवाई टिकटको मूल्य बढेकै कारण धेरै पर्यटकहरू नेपालमा आउन चाहँदैनन् । 

विमानस्थलको कर संसारकै सबैभन्दा महँगो छ । विदेशी जहाजहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक पटक अवतरण गर्दा ६ हजारसम्म डलर तिर्नुपर्छ । यस्ता कर छुटदेखि लिएर पर्यटकलाई आकर्षित गर्ने योजना ल्याउने हो भने भ्याक्सिन लगाइसकेका पर्यटक नेपाल आउने क्रम बढ्ने र सजिलै पर्यटन लयमा फर्किने संभावना रहन्छ । 

आइतबार​ २३ जेठ २०७८ ०७:०२ AM मा प्रकाशित

प्रतिक्रिया